गाईघाट । त्रियुगा नगरपालिकाको चौथो नगरसभा आगामी असार तेस्रो साता हुने भएको छ । त्रियुगा नगरकार्यपालिकाको जेठ २३ गते बसेको बैठकले असार २० र २१ गते आर्थिक बर्ष २०७६÷७७ को नगर सभा गर्ने निर्णय गरको हो । नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कार्यतालिका अनुसार आ.व.२०७६÷०७७ योजना तर्जुमा गर्ने तालिका वनाई योजना छनौट प्रक्रिया अघि वढाउने भनि निर्णय गरेको त्रियुगा नगरपालिकाका प्रबक्ता केदार दनुवारले जानकारी दिए । आगामी आर्थिक बर्षको लागि यस अघिनै वडा गत बजेटको सिलिङ्ग तोकि सकिएको छ । यस अघि वडा समितिलाई एक करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा ७५ लाख मात्र बिनियोजन गरिएको छ ।
त्रियुगा नगरपालिकाले निर्माण गरेको कार्यतालिका यस प्रकार रहेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया