नेपालटार । पानीको समस्याबाट आजित बनेका उदयपुरगढी गाउँपालिका ८ खोल्मेका स्थानीयहरुको पानीको समस्या समाधान भएको छ । उदयपुरगढी गाउँपालिकाको कार्यालयले खोल्मेका किसानहरुलाई अनुदानमा पानी जम्मा गर्ने ट्याकी दिएपछि स्थानीयको पानीको समस्या समाधान भएको हो । गाउँपालिकाको आर्थिक बर्ष २०७५।७६ को बजेटबाट ३५ घर परिवारलाई पानी जम्मा गर्ने हिलटेक ट्याकी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजनाको अदुवा बेसार जोनमा रहेका ३५ परिवारलाई पानी जम्मा गर्ने ट्याकी अनुदानमा उपलब्ध गराईएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए । ‘खोल्मेका कृषकहरुलाई पानीको समस्या रहेको थाहा भएर पानी जम्मा गर्ने ट्याकी वितरण गरिएको हो ।’ ट्याकी वितरण पछि पानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ‘ट्याकी वितरण पछि स्थानीयहरुले खानेपानीको साथै कृषकहरुलाई करेसा बालीमा लगाउन समेत सहज हुने छ ।’ हिल टेक ट्याकी स्थानीयहरुलाई पच्चिस प्रतिसत अनुदानमा वितरण गरिएको वडा अध्यक्ष टंक बहादुर श्रेष्ठले जानकारी दिए । उनले भने ‘वडाको सबै ठाउमा खानेपानीको व्यवस्था मिलाउने नीति अनुसार पानी जम्मा गर्ने ट्याकी वितरण गरिएको हो ।’ गाउँपालिकाकाले हिलटेक ट्याकी सगै ३५ क्वीटल अदुवाको विउ समेत वितरण गरेको छ । पैतिस परिवारलाई प्रति परिवार एक क्विटलको दरले पैतिस क्वीटल विउ वितरण गरिएको जनाईएको छ । हिल टेक ट्याकीमा गाउपालिकाको ५ लाख र अदुवाको विउमा २ लाख २५ हजार खर्च भएको पालिकाको कार्यालयले जनाएको छ । ट्याकी र अदुवाको विउ पाएपछि स्थानीय किसानहरु दंग परेका छन । ‘हामी धेरै खुसी भएका छौ ’ पंचकन्या कृषक समूहका अध्यक्ष ध्रुब श्रेष्ठले भने ‘स्थानीय सरकार आएपछि घरमै सरकार आएको महशुस भएको छ ।’

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया