उदयपुर
४५ औ विश्व वातावरण दिवसको अवसरमा जिल्ला युवा परिषद नेपाल उदयपुरले विभिन्न प्रजातिका ४ सय बोटविरुवा रोपेको छ । ‘स्वच्छ वायू स्वास्थ जीवन भन्ने मुलनाराकासाथ परिसदले चौदण्डीगढी नगरपालीकाको विभिन्न स्थानमा अशोक, मसला, स्वामी लगाएको बोटविरुवा रापेको जिल्ला युवा परिषद उदयपरका अध्यक्ष खगेन्द्र पोखरेलले बताउनु भयो । राष्टीय युवा परिषदको केन्द्रिय कार्यलयले बनाएको सर्कुलर अन्तरगत जिल्ला युवा परिषदले स्थानिय तह र विभिन्न संघ सस्था संग सहकार्य गरेर उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

कृपया यो पेज Like गर्नु होला

राष्टीय युवा परिषद, जिल्ला युवा परिषद तथा मिलिजुली बिकास केन्द्र उदयपुरले आयोजना गरेको उतm कार्यक्रमलाई चौदण्डीगढी नगरपालीकाले सहकार्य गरेको हो ।      चौदण्डीगढी नगरपालीका का मेयर खगेन्द्र राईको प्रमुख आतिथ्यमा भएको उक्त बृक्षारोपण कार्यक्रममा नेकपाका नेता राजेन्द्र कटुवाल, कालु लामा, किशोर ताम्राकार चौदण्डीगढी नगरपालीका का वडा अध्ययक्षहरु स्थानिय बासिन्दा, स्थानिय टोल बिकास संस्था लगायतले बृक्षारोपण कार्यक्रमा सहभागीता जनाएको मिलिजुली ग्रमामिण विकास केन्द्रका अध्यक्ष बिकास बन्जराले जानकारी दिनु भयो ।


तपाईको प्रतिक्रिया