गाईघाट । बजार अनुगमनको क्रममा करदाता सेवा कार्यालय गाईघाटले बरामद गरेको घरेलु मदिरा आईतवार नष्ट गरेको छ । बिभिन्न होटलहरुबाट बरामद अबैध  घरेलु मदिरा  करदाता सेवा कार्यालयले नष्ट गरेको हो । करदाता सेवा कार्यालय गाईघाटले त्रियुगा नगरपालिका–१२ आर्यघाट नजिकै त्रियुगा खोलामा १५० लिटर मदिरा नष्ट गरेको कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए ।
त्रियुगा उद्योग वाणिज्य संघ, नगर प्रहरी, पत्रकार, होटल ब्यवसायी संघ, अन्य सरोकारवाला निकायको रोहवारमा बरामद गरिएको घरेलु मदिरा नष्ट गरेको हो । केहि दिन अघि मात्र स्थापना देखि बरामद गरेको बिभिन्न सामान सोही स्थानमा नष्ट गरेको थियो । कर छलि गरि ल्याएको अन्त शुल्क नलगाएको महँगा रक्सी लगायत बिभिन्न सामानहरु नष्ट गरेको हो । जसमा सबै भन्दा बढी सुर्ति जन्य पदार्थ र गुटखा, बियर लगायतको सामान रहेको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । त्रियुगा नगरपालिकाको
ट्रयाक्टरमा एक ट्रयाक्टर सामान त्रियुगा नगरपालिका– १२ स्थित आर्यघाट नजिकै खोलाको किनारामा जेसिबीद्धारा खाडल खनि पुरेको थियो । त्रियुगा उद्योग वाणिज्य संघ, प्रहरी, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, नगरपालिका, पत्रकारहरुको रोहबरमा नष्ट गरिएको थियो । यसरी नष्ट गरिएको  सामान करिब ३ लाख भन्दा बढीको रहेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया