गाईघाट । १ नम्बर प्रदेश स्तरिय उदयपुर सिमेन्ट गैडा छाप प्रथम उप मेयर कप महिला भलिबल प्रतियोगिता झापाले जितेको छ । शनिबार भएको फाइनल खेलमा भाेजपुरलाई ३-१ को सेटमा पराजित गर्दै झापाले उपाधी जितेको हो । उपमेयर कप भलिवल प्रतियोगिताको उपाधी जिते सँगै झापाले ७५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरे भने भोजपुरले ४० हजार सहित मेडल प्राप्त गरेको त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेको नयाँ बस्ती मैदानमा भएको समापन समारोहमा प्रदेश सा‌सद हिमाल कार्की मेयर बलदेव चौधरी उपमेयर देवी कुमारी चौधरी लगाएतले खेलाडिहरुलाई पुरस्कृत गरेका थिए ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया