गणेश उप्रेती
उदयपुर १७ जेठ ।
उदयपुरमा भएको पहिलो बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली”को अभियान अन्तरगत आयोजना गरिएको एक दिने रोजगार मेलामा एकैदिन ८ सय ९९ जना बेरोजगारहरुले रोजगार पाएका हुन् ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वािणज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले संयुक्त रुपमा मेलाको आयोजना गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको सीप परियोजना र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा भएको मेलामा दक्ष बेरोजगारहरुलाई रोजगार दिईएको हो भने सिप नभएकाहरुलाई निशुल्क तालिम तथा वरामर्शको समेत व्यवस्था गरिएको थियो ।
नीजि क्षेत्र तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसमेतलाई समेटेर नगरपालिकाले स्थानीय स्तरमै कृषी, वन, पर्यटन, घरेलु उद्योग, होटेल व्यवासाय, सौदर्य व्यवासाय, गार्मेट, फर्निचर उद्योग, यातायात लगाएतको क्षेत्रमा काम पाउने भएपछि स्थानीयहरु खुसी बनेका छन ।
उनीहरुलाई रोजगार प्रदान गर्ने कार्यमा नगरपालिका अगाडि बढ्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो ।
नारालाई सार्थक बनाउन आयोजना गरिएको मेलामा अपेक्षा भन्दा बढि ५ हजारले अवलोकन गरेका आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ ।
मेलामा १ हजार ३ सय युवाहरुले बृत्ति परामर्श सेवा लिएका छन् भने ९ सयजनाले तत्काल रोजगारीको आव्हान गरेका छन् । त्यस्तै १ हजार २ सय युवाहरुले विभिन्न पेशाका तालिम लिने इच्छा व्यक्त गरेका छन् ।
रोजगार मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादनको प्रदर्शनी, स्वास्थ्य परिक्षण लगायत भएको थियो । मेलालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले समय अनुकुल र आवश्यकता अनुसारको मेला भएको बताउनुभयो । प्रदेश सांसदहरु विमल कार्की, नारायण बुजा मगर, कला घले, अम्बिका थापा, सुनिता चौधरीले कार्यक्रमको प्रसंशा गर्नुभयो । मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादनको प्रदर्शनी, स्वास्थ्य परिक्षण लगायत भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया