गाईघाट । उदयपुर घर भई वीरगंजमा कार्यरत एक कर्मचारीलाई अख्तियारले मुद्दा दायर गरेको छ । उदयपुरकाे त्रियुगा नगरपालिका वडा नम्बर ४ घर भई यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र वीरगंजमा कार्यरत नायव सुब्बा बद्री प्रसाद दाहाल बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । करिब ११ बर्ष अघि गाबिस सचिवमा कार्यरत रहेका बेला जिल्ला बिकास समिति उदयपुरबाट यातायात कार्यालयमा सरुवा भएका दाहालले अबैध रुपमा करोडौको सम्पती आर्जन गरिसकेको बगाहा स्थानीयहरु बताउछन ।

कृपया यो पेज Like गर्नु होला

अख्तियारको बिज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ति:- मिति २०७६।०२।१६ गते ।
———————————————
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्री प्रसाद दाहाल समेत ३ जना आरोप-पत्र दायर गरिएको ।
————————————————-
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवले स्काभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले निजहरू रोशन कुमार रौनियार र सुनिल कुमार यादवलाई सेवाग्राहीसँग रू. ३१,०००।–( एकतीस हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्रीप्रसाद दाहाल, शिखर इन्स्योरेन्स क.लि., तेस्रोपक्ष बिमा कलेक्सन काउण्टर, वीरगंज पर्साका लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सोही काउण्टरमा काम गर्ने सुनिल कुमार यादव समेतको प्रत्यक्ष संलग्नतामा सेवाग्राहीलाई स्काभेटरको सवारीचालक अनुमति-पत्र बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरी लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरू बद्रिप्रसाद दाहाल, रोशनकुमार रौनियार र सुनिल कुमार यादव उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

तपाईको प्रतिक्रिया