उदयपुर ।  उदयपुर स्पोर्ट ब्लवको आयोजनामा भोली बिहिवार बाट उदयपुरमा प्रथम उदयपुर सिमेन्ट (गौडा छाप) उपमेयर कप प्रदेश नम्बर १ स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ । आज बुधवार उदयपुर स्पोर्ट ब्लवले खेल हुने स्थान त्रियुगा नगरपालिका १० स्थित नयाँ बस्तीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रदेश नम्बर १ का ८ वटा टिमको सहभागिता रहने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र आयोजक उदयपुर सहितका महिला टिमले प्रतिपर्धा गर्ने आयोजक समितिका प्रदीप श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगिताको बिजयीले ७५ हजार र उपविजेताले ४० हजार नगद सहित प्रमाण पत्र र ट्रफि प्राप्त पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोतितमा सम्पन गर्न कुल ९ लाख रुपौया लाग्ने र उतm रकम त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका को वाडाहरु, उदयपुर सिमेन्ट, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपाालिका लगायतले सहयोग प्रतिवद्धता जनाएको आयोजक आशिस दाहाले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिका उपमेयर देवि कुमारी चौधरी, त्रियुगा नगरपालिका वडा १० वडा अध्यक्ष प्रकाश खड्का, त्रियुगा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया