गाईघाट । बजार अनुगमनको क्रममा व्यापारीबाट जफत गरिएको तीन लाख मुल्य बराबरको ब्राण्डेट मदिरा मंगलबार नष्ट गरेको छ । मंगलबार करदाता सेवा कार्यालय गाईघाटले त्रियुाग नदी किनारमा लगेर विभिन्न समयमा बजार अनुगमन गर्दा बरामद गरेको ब्राण्डेट मदिरा र सुर्ती जन्य पद्धार्थ नष्ट गरेको हो ।
करदाता सेवा कार्यालयका प्रमुख सुमन बुढाथोकीका अनुसार करदाता सेवा कार्यालय स्थापना भएपश्चात बरामद गरिएको विभिन्न प्रकारका ब्राण्डेट मदिरा र सुर्ती जन्य बस्तु नष्ट गरिएको जानकारी दिए । ‘जम्मा मुल्य निकाल्दा करिव तीन लाखको नष्ट गरिएको छ,’ उनले भने, ‘नष्ट गरिएको मदिरा र सुर्ती जन्य बस्तु रहेका छन ।’
बजार अनुगमनको क्रममा गाईघाट, कटारी, बेल्टार, रामपुर, घुर्मी लगायतका क्षेत्रमा बरामद गरिएको मदिरा र सुर्ती जन्जय बस्तु छन । जसमा भर्जिन क्वाटर, डल्फिन क्वाटर, माइकल क्वाटर, इन्टीक्युटी लगायतका नाम गरेका मदिर छन । यसैगरी सुर्ती र पराग समेत रहेको कार्यालयले जानकारी दिएको छ ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया