गाईघाट । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

जस अनुसार उदयपुरका एसपी चन्द्रदेव राईको पनि सरुवा भएको छ । उदयपुरमा नयाँ एसपी उदयपुरमा वीरबहादुर बुढामगर आउने भएका छन । उनी माघमा मात्र डिएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकृत हुन । म्याग्दी जिल्लामा रहदा एसपीमा बढुवा भएर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत रहेका बुढामगर उदयपुर आउने भएका हुन । उदयपुरका एसपी चन्द्रदेव राई मगरको दरबन्दि भएकै स्थानमा सरुवा भएका छन । कार्यसम्पादनमा कमजोर रहेका राई २०७५ साउन अन्तिममा सरुवा भएर उदयपुर आएका थिए । बिप्लव समूहको गतिबिधी नियन्त्रण गर्न नसकेको, सार्वजनिक सम्पतीको संरक्षण गर्न नसकेको कारण उनको ९ महिनामै सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, दानबहादुर मल्लकाे चितवन र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।

त्यसैगरी, विश्व अधिकारीकाे मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीलगायतको सरुवा भएको छ । भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

त्यसैगरी, सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल,  बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।

त्यसैगरी, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, सप्तरीमा मनोज यादव, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

यस्तै,  इटहरी ट्राफिकमा भिम दाहाल, बुटवल ट्राफिकमा मधुसूदन लुइँटेल,  अपराध महाशाखामा सुशील राठौर र  सीआइबीमा आभुषण तिम्सिनाको सरुवा भएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया