उदयपुर, जेठ १२

कृपया यो पेज Like गर्नु होला

उदयपुमा पहिलो पटक जिल्लास्तरीय महिला भेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘श्रम पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार’ भन्ने मूल नाराका साथ आईतबारदेखि दुईदिने महिला भेला आयोजना गर्न लागिएको हो ।

जिल्लाका ८ वटै स्थानीयतहका महिला जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध, कर्मचारी, बुद्धिजीवि, शिक्षकलगायत सबै तह र तप्कामा क्रियासिल महिलाहरुलाई एकै ठाउँमा भेला गराएर अनुभव आदान प्रदान गर्दै महिला अधिकारको पैरवी गराउने उदेश्यले महिला भेला आयोजना गर्न लागिएको ‘प्रथम उदयपुर महिला जिल्ला भेला मूल आयोजक समिति’ ले जनाएको छ ।

आयोजक समितिले शुक्रबार जिल्ला समन्वय समितिमा पत्रकार सम्मेलन गरी जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको भेलाबारे जानकारी गराएको हो । भेलामा स्थानीयतहमा निर्वाीचत महिला जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक तथा जिल्ला समन्वय उपप्रमुख गंगा राईले यो भेला ऐतिहासिक, अर्थपूर्ण र प्रभावकारी हुने बताईन् ।

उनका अनुसार भेलामा आठवटै स्थानीयतहका महिला जनप्रतिनिधि, अधिकारकर्मी, गैसस अभियानकर्मी, शिक्षक, प्राध्यापक, बुद्धिजीवि, पत्रकार सबैखाले महिलाहरुको सहभागिता हुनेछ । लोकतान्त्रिक गणतन्त्रको युगमा संवैधानिक अधिकारको जानकारी आदानप्रदान गर्दै महिला अधिकारको सुनिश्चितता गराउने तथा आर्थिक, सामाजिक र राजनैतिक अधिकार प्राप्तका लागि भेलामा विशेष छलफल हुनेछ ।

त्यसैगरी राािष्ट्रय योजना निर्माण गर्दा महिलामैत्री, समावेशी, समानुपातिक र समान अधिकारलाई प्रत्याभूति गर्नेगरी निर्माण गर्ने तथा लैंगिक समानताको सुनिश्चिता गर्ने विषयमा पनि भेलाले निश्कर्ष निकाल्नेछ । भेलाले पहिचानको अधिकार, न्याय सम्पादन प्रक्रियामा न्यायिक समितिको भुमिका र त्यसलाई जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा पनि भेलाले छलफलको विषय बनाउने छ ।

भेलामा भएका छलफलबाट निस्कने साझा धारणालाई योजना निर्माणमा ढालेर घोषणापत्र जारी गर्दै जिल्लाभरी कार्यान्वयनमा ल्याउने पहल समितिले गर्ने संयोजक राईले बताईन् । भेलाले महिला जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा अधिकारकर्मी महिलाबीच सम्बन्ध घनिभूत गराउँदै लैंगिक समानता सुनिश्चितताको पहलसमेत गर्ने उदेश्य लिइएको छ । समाजमा विद्यमान महिला पुरुषवीचको भेदभाव हटाउन विद्यमान चुनौति र समस्याको निराकरण गर्ने उपायको खोजीसमेत भेलाले गर्ने संयोजक राईले बताइकी छिन् ।

आउदो १२ र १३ गते हुने बृहत महिला भेलाको उद्घाटन संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थाममाया थापाले गर्नेछिन् । भेलाले महिला हक अधिकारका विषयमा थप आवाज मुखरित गर्न जिल्लास्तरीय महिला समितिको गठनसमेत गर्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया