गाईघाट । आजको ब्लाष्ट टाइम्स दैनिकमा “बेहुली छाडेर मण्डपबाटै बेहुला  हिँडेपछि..” शीर्षकको समाचार छापिएको छ । मोरङ जहदा गाउँपालिका ४ का २४ वर्षीय लक्ष्मण राजवंशीको परिवारले उनको विवाह गर्ने निधो गर्यो । आफन्त र घरपरिवारका सदस्यलाई लिएर सोही गाउँपालिकाकी २१ वर्षीया कन्याको घरमा पुगे । केटा र केटीपक्षबीच गफगाफ भयो । केटी र केटाको मन परापर पनि भयो र ४ जेठमा परम्परागत रीतिरिवाज अनुसार विवाह गर्ने साइत जुर्यो । दुवै परिवार विहेको तयारीमा जुटे । विवाहको सम्पूर्ण तयारी पूरा गरेर केटापक्ष जन्ती लिएर जेठ ४ गते दिउँसो बेहुली लिन दुलहीको घरमा पुगे । बेहुली पक्षले आफ्नो रीतिरिवाजअनुसार विधि पूरा गरी बेहुला र जन्तीलाई स्वागत गरे । बेहुला मण्डपमा बसे । बेहुलीपक्षसँग उनले अपेक्षा गरेअनुसारको तिलक –दाइजो) देखेनन् । तिलक नदिएको झोकमा बेहुला रिसले रन्थनिए । जन्ती लिएर बेहुला राजवंशी मण्डबाट घरतिर हिँडे । त्यो विवाह रोकियो । दाइजो नदिएको भनि विवाह रद्द र्गो बेहुला लक्ष्मण राजवंशीलाई बुधबार प्रहरीले पक्राउ गर्यो । प्रहरीले पक्राउ परेका राजवंशीलाई विहीबार जिल्ला अदालत मोरङमा मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी श्रेष्ठले ले बताए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया