बेल्टार
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा निर्वाचन क्षेत्र विकास कोषको आर्थिक सहयोगमा तिन तले पुष्पलाल स्मृती बहुउदेस्य भवन बन्ने भएको छ । स्थानिय शम्भु पौडेलले निशुल्क प्रदान गर्नु भएको १० धुर जग्गामा बन्न लागेको भवन बुधवार भवन निर्माण स्थल चौदण्डीगढी नगरपालिकाको बेल्टारमा आयोजित एक कार्याक्रमा प्रमुख अतिथि नेकपा उदयपुरका युवा नेता तथा उदयपुर क्षेत्र १ (क) का सांसद विमल कार्कीले उदघाटन गर्नु भएको छ ।२ बर्ष भित्र सक्ने गरी निर्माण सुरु भएको भवन सासद कार्कीको विर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपौयाको लागतमा बन्न लागको हो । २ बर्ष भित्र बनाई सक्ने लक्ष्यका साथ निर्माण सुरु भएको पहिलो बर्ष तिन सय जना अट्ने क्षमताको सभा हल बनाईने छ ।भवन निर्माण समितिका अध्यक्ष शम्भु पौडेलको अध्यक्षता र सास‌द विमल कार्कीकाे प्रमुख मुख अतिथि मा समुदघाट भएकाे कार्यक्रमा प्रदेश सासंद अम्बिका थापा, चौदण्डीगढी नगरपालीका मेयर खगेन्द्र राई, स‌विधान सभा सदस्य मा.मोहन खत्री,नेकपाका नेता प्रमेश घिमिरे सन्ताेष बस्नेत शम्भु प्रसाद शर्मा लगायतकाे सहभागीता  रहेको थियो ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: