गाईघाट । ‘१०० रुपैँया राजस्व तिर्न आउदाँ मेरो तिन हजारको हेल्मेट चोरी भो, अब मलाई हेल्मेटको व्यवस्था गरिदिनु पर्छ की पर्दैन’ त्रियुगा नगरपालिकाको कार्यालयको गेट अगाडी निकै आक्रोस व्यक्त गर्दै थिए त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका सुरेश खड्का । त्रियुगा नगरपालिकाको कार्यालयमा व्यवसायको दर्ता कर तिर्न आउदा नगरपालिकाकै पार्किङ्गबाट आफ्नो हेल्मेट हराएपछि नगरपालिकाको विरुद्ध उनी आक्रोश व्यक्त गर्दै थिए । जलजलेका खड्का मात्र होईन हेल्मेट चोरीबाट नगरपालिकाकै प्रमुख देखि अन्य कर्मचारी पनि हेल्मेट हराउने रोगबाट पिडित बनेका छन । कार्यालय समय समाप्त भएपछि आईतबार त्रियुगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत एक बहादुर राउत पार्किङ्गमा पुगेर मोटरसाईकलमा चढेर हेल्मेट लगाउन खोजे तर उहाँको हेल्मेट नभएर पुरानो हेल्मेट थियो । राउतले आफ्नो हेल्मेट नभएपछि पार्किङ्गमा राखिएको सिसि क्यामेराको फुटेज हेर्न नगरपालिकाको आई टी अफिसरलाई कल गरे, तर आईटी अपिसरले कल रिसिभ गरेनन । आईटी अफिसरले कल रिसिभ नगरेपछि कार्यालयको स्टोरबाट एउटा हेल्मेट निकालेर घर तर्फ निमित्त प्रशासकीय अधिकृत राउत हिडे ।
हेल्मेट हराउने समस्या अहिलेको मात्र होईन । विगत देखि नै नगरपालिकाको पार्किङ्ग क्षेत्रबाट हेल्मेट हराउने गरेको छ । मेयर बलदेव चौधरीका पूर्व स्वकिय सचिव ओम श्रेष्ठ र आईटी अपिसर अवुद अलीको समेत हेलमेट हराएको छ । पार्किङ्गमा राखेका अधिकांश मोटरसाईकलको हेल्मेट हराउन थालेपछि त्रियुगा नगरपालिकाले पार्किङ्ग क्षेत्रमा सिसि क्यामेरा समेत जडान गरेको छ । तर कम गुणस्तरको सिसि क्यामेरा जडान गरेकाले हेल्मेट चोरले निधक्कका साथ हेल्मेट लिएर हिडने गरेका छन । एक हप्ता अगाडी नगरपालिकाको हाता भित्र रहेको उपमेयरको कार नै कोरिएको अवस्था थियो । सिसि टिभि फुटेजमा कार कोरेको देखिए पनि सिसिटिभिको गुणस्तर राम्रो नभएकोले बदमासी गर्नेलाई पहिचान गर्न नसकिएको त्रियुगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राउत बताउछन ।
त्रियुगा नगरपालिकाले नगर सुरक्षाको लागि नगर प्रहरी समेत राखेको छ तर नगरप्रहरीकै अगाडीबाट हेल्मेट चोरी भएपछि नगरपालिकामा नै कार्यरत व्यक्ती संलग्न हुन सक्ने स्थानीयले आशंका गरेका छन । त्रियुगा नगरक्षेत्रमा पहिलेको तुलनामा हेल्मेट चोरी हुने घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: