गाईघाट । त्रियुगा नगरपालिकाले १५ दिन अघि वडा नम्बर वडाबाट सुरु गरेको जनता सँग मेयर कार्यक्रम वडा नम्बर १६ मा समेत सम्पन्न भएको छ । जनतासँग मेयर कार्यक्रममा स्वास्थ्य शिविर, विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता खोल्ने लगायतका कार्यक्रम छन । एकीकृत कार्यक्रम गरिएकाले कार्यक्रम प्रभावकारी बनेको त्रियुगा नगरपालिका वडा नम्बर १६ का अध्यक्ष मान बहादुर राईले बताए । वडा नम्बर १६ मा स्वास्थ्य जाँच मोवाईल टावर उद्घाटन बिजुली बत्ती र सोलार बत्ती उद्घाटन गरिएको छ ।

कृपया यो पेज Like गर्नु होला

हेर्नुस फोटोमा 

तपाईको प्रतिक्रिया