बेल्टार ।  उदयपुरको चौदण्डीगढी नगरपालीका को विभिन्न स्थान भएर बग्ने द्धारको का कारण समस्या खेप्दै आएका स्थानियहरुको समस्या समाधान हुने भएको छ । खोलामा आउने बाढीका कारण रहेक बर्ष जन धनको क्षती भएको तथा जमिन कटान गरेका कारण खेतियोग्य जमिननै नरहने भन्दै चिन्ति बन्दै आएका स्थानियहरुको समस्यालाइ समाधन गर्न तटवन्धनको काम सुरु भएको हो । उदयपुर क्षेत्र १ क का माननिय विमल कार्किको विषेश पहलमा प्रदेश नम्बर १ को सरकारको बहु वर्षे योजना भित्र परेको उतm खोलामा बिहिवार बाट तटवन्धनको काम सुरु भएको छ । विहिवार द्धार खोलमा आयोजित कार्यक्रमा प्रदेश सासंद विमल कार्कीले तटबन्धनको सीलन्यास गर्नु भएको । सिर देखी पाउँ सम्म तटवन्धन निर्माण गर्ने उदेस्यका साथ प्रदेश सरकारले यस आर्थिक बर्षमा छुट्याएको २५ लाख रुपैया बाट तटवन्धनको काम सुरु भएको सासंद कार्किले जानकारी दिनु भयो । हरेक बर्ष द्धार खोलामा आउने बाढीका कारण कारण जनताहरुलाई निकै समस्या भएको भन्दै त्यस समस्यालाई सदाका लागि समाधान गर्ने लक्ष्यका साथ काम सुरु गरिएको सासंद कार्किको भनाई छ । सासंद कार्किका अनुसार सिर देखी पाउ सम्म तटवन्धन निर्माण गर्ने प्रदेश सरकारको बहुवर्षे योजना भित्र परेको यस योजनामा नयाँ आर्थिक बर्षमा कामले गति लिने भन्दै द्धार खोला नियन्त्रण हुने मा बिस्वस्त हुन आम नागरीकलाई आग्रह समेत गर्नु भयो ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: