गाईघाट । त्रियुगा नगरपालिकाले सुरु गरेको जनता सँग मेयर कार्यक्रममा अधिकांश नगरबासीले बाटो विजुली र खानेपानीको माग गरेको छन । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी समक्ष स्थानीयहरुले अझै ग्रामिण क्षेत्रमा विकासका पूर्वधारहरु नपुगेकोले विस्तार गर्न माग गरेका छन । धेरै जस्तो वडाहरुमा बाटो ग्राभेल, नाली निर्माण र सडक बत्तीको योजना माग आएको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिनु भयो । ‘नगरको ८ र ९ नम्बर वडा बाहेक अन्य वडाहरुमा सडक स्तरउन्नती गर्न माग आएको छ ।’ मेयर चौधरीले भन्नुभयो ‘बाटो बाहेक खानेपनी, सरसफाई रोजगारी र कृषी अनुदानको समेत माग आएको छ ।’ स्थानीयहरुको मागलाई आगामी बर्षको बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले गर्नु भयो । नगरको १६ वटै वडामा संचालन गर्ने गरि तय गरिएको जनता सँग मेयर कार्यक्रममा महिला बालबालिका र जेष्ठ नागरिकको लागि स्वास्थ्य शिविर, बैक खाता, नगरका सेवाहरुको परामर्श र नगरप्रमुख सँगको अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । बैशाख १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगिदहबाट सुरु गरिएको जनता सँग मेयर कार्यक्रम बिहिबार १४ नम्बर वडा साउनेमा सम्पन्न भई सकेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया