समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । करदाता सेवा कार्यालय गाईघाटमा नयाँ कर अधिकृत आए सगै कार्यालयको सक्रियता बढेको छ । कर अधिकृत सुमन बुढाथोकीले सेवा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले पछि कार्यालयको सक्रियता बढेको हो । बैशाख पहिलो साता उदयपुर आउनु भएका बुढाथोकीले कर शिक्षा कार्यक्रम, कर संकलन र खर्चको सार्वजनिक, विभिन्न सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्य सम्पन्न गरेका छन । यसै विच सोमबार सेवा कार्यालयले सुनचाँदी व्यवासायी सँग कारोवार विवरण अद्यावधिक सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुनचाँदी व्यवासायी संघको कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उदयपुरका सम्पूर्ण सुनचादी व्यवसायीको सहभागिता रहेको थियो । क्षेत्रगत रुपमा करशिक्षा कार्यक्रम संचालनले सम्बन्धीत सुनचाँदी व्यवासायीले आफुहरुलाई फाईदा पुगेको प्रतिक्रिया दिए । विगतका कर अधिकृतहरुले यसरी कर सम्बन्धि जानकारी दिने कार्यक्रम नगरेको र यो नै पहिलो कार्यक्रम भएकाले खुसि व्यक्त गरे ।
कार्यक्रमले करदाता र कर कार्यालय विच समदुरीको सम्बन्ध कायम गर्न सफल भएकाले आगामी दिनहरुमा समेत यस प्रकारको कार्यक्रम नियमित रुपमा संचालन करदाता सेवा कार्यालय सँग व्यवासायीले माग गरे ।
कार्यक्रममा कर अधिकृत बुढाथाकीले अब नियमित रुपमा उदयपुरको कटारी, बेल्टार, गाईघाट, रामपुर, मुकुर्ची लगाएतका स्थानमा कार्यक्रम गरिने बताउनु भयो । ‘विगतमा के कसरी काम हुन्थ्यो मलाई थाहा भएन अब कर कार्यालय र व्यवासायी विच नियमित छलफल अन्तरक्रिया गरिने छ ।’ कार्यालय प्रमुख बुढाथोकीले भन्नु भयो ‘कार्यक्रम मात्र होईन अब पहिले कर शिक्षा प्रदान गर्ने र कर शिक्षा प्रदान गरिएका व्यवसायीलाई अव नियमिति रुपमा अनुगमन गरिनेछ ।’ बुढाथोकीका अनुसार कर कानुनको पालना भए नभएको बारे कार्यालयले सुक्ष्म रुपमा अनुगमन गरि सबै प्रकारका व्यवासाय कानुनको दायरामा ल्याइने छ ।
कर कार्यालयले अघिल्लो शनिबार जिल्लाको प्रमुख पर्यटकिय स्थान रौता पोखरीमा समेत कर शिक्षा कार्यक्रम संचालन गरेको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया