उदयपुर । इलाका प्रहरी कार्यालय भएपनि दुई बर्ष देखि भाडामा बस्दै आएका उदयपुरको रौतामाईका प्रहरीले आफ्नै जग्गामा भवन निर्माण गर्ने भएको छ । प्रहरी कार्यालय स्थापनाको लागि उदयपुरको रौतामाई गाउँपालिकाले प्रहरीलाई निशुल्क जग्गा प्रदान गरेपछि भवन निर्माणको प्रक्रिया सुरु भएको हो । गाउँउपालिकाले करिब १७ लाख लागतमा ५ रोपनी स्थानीयहरु सँग खरिद गरि प्रहरीलाई हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रम विच गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत जग्गाको धनीपुर्जा प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ । । ‘गापा केन्द्रमा प्रहरीको भवन बनाउन जग्गा आवश्यक थियो,’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘गाँउपालिकाकालेनै जग्गा उपलब्ध गराइदिएको छ ।’
गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले प्रहरीको लागि उपयुक्त जग्गा सहयोग गरेको बताए । ‘आधुनिक र भव्य भवन निर्माणको लागि जग्गा सहयोग गरेका छौ,’ उनले भने, ‘प्रहरी चौकी नजिक नहँुदा आम गाउँपालिकानै समस्या छ, अव प्रहरी चौकी समेत हुने भएको छ ।’
प्रहरी कार्यालय नहुदाँ गाउँपालिकाका नागरिकहरूलाई शान्ति शुरक्षा प्रदान गर्न समस्या भएको थियो । रौतामाई गाउँपालिका वडा न २ जग्गा उपलब्ध गराईएपछि तत्काल भवन निर्माणको लागि प्रहरि प्रधान कार्यालयमा पहल गर्ने उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।
प्रहरी कार्यालय स्थापना गर्ने निर्णय भएपनि उदयपुरको रौतामाई गाउँपालिकाका स्थानीयहरुले अब ढुक्कसँग निदाउन पाउने भएका छन ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: