बेलका . बैशाख १६ उदयपुरको बेलका नगरपालीका ३ सातपत्रे देखी दुर्गा मन्दिर हुदै कुलुङ चोक सम्म जाने बाटोे स्तरोउन्नी हुने भएको छ । गुणस्तरीय सडक नहुँदा आवत जावत तथा औषधी उपचार गर्न समेत समस्या रहेको भन्दै स्थानिय सडक स्तरोउन्नती गर्न माग गरेबमोजिम आज (सोमबार ) बाट उतm सडकको स्तरोउन्नती सुरु भएको हो । आज बेलका नगरपालीका ३ सातपत्रेमा मा आयोजीत एक कार्याक्रममा प्रदेश न १ का माननिय तथा नेकपाका लोकप्रिय युवा नेता बिमल कार्र्कीले उतm सडकको उदघाटन गुर्न भएको छ । भौतिक पुर्वधार बिकास मन्त्रालयको २० लाख सहयोगमा स्तरोउन्नी हुन लागेको सडक १० किलो मिटर लम्बाई र ११ मिटर चौडाई हुने माननिय कार्कीले जानकारी दिनु भयो । यता सडकको उदघाटन संगै काम समेत सुरु भएपछी स्थानियहरु हर्षित भएका छन । स्थानियले आफुहरुले उत्पादन गरेका कृषी समाग्रीहरु सहज रुपमाबजारी करण हुने र औषधी उपचारमा सहजहुने भन्दै चाडो भन्दा चाडो काम सक्न आफुहरुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया