गाईघाट । त्रियुगा नदीलाई बहुउपयोगी बनाउने उद्देश्यले सरसफाइ अभियान गरीएको छ । ‘त्रियुगा सभ्यता र बिकास’ नाम दिईएको अभियान शनिबार सुरु गरीएको हो ।
नदि नै मानव सभ्यताको विकास हो भन्ने मुल मान्यता राखी त्रियुगा नगरपालिकाले नदि सरसफाई कार्यक्रम सुरु गरेको जनाएको छ । त्रियुगा नदीमा आउने बाढीले बर्षेनी खेतीयोग्य जमिन कटान गर्नुका साथै जनधनको क्षति गर्दै आएकोले त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता नाम दिएर नदिको दिगो ब्यबस्थापन कार्य सुरु गरेको सूचना अधिकारी बिश्वजित राईले बताए ।

समाचार मन परे Like गर्न नभुलौ ।

त्रियुगा नदी आसपासमा हुने फोहोरलाइ ब्यबस्थीत गर्न सरसफाइ अभियान सञ्चालन गरीएको छ । सरसफाइ कार्यक्रमको उत्घाटन गर्नुहुदै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको शीरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिँचाइ, विद्युत् र खानेपानी सुविधाजस्ता बहुउपलब्धि हासिल गर्न गुरुयोजना तयार भइसकेको बताउनुभयो ।
सरसफाइ कार्यक्रममा जिल्ला स्थीत राजतिनिक दल , कर्मचारी , नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरी , नागरीक समाज , पत्रकार , बिद्यार्थी , सर्वसाधारण लगाएत करिव ७ सयको संख्यामा उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: