हाेमबहादुर बस्नेत

समाचार मन परे Like गर्न नभुलौ ।

उदयपुरः उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बेलेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार गए सोमबारराती (हिजो) कटारीबजारबाट मुरमे गाईरहेको स१ज ५०६ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो।
दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको राईको भनाइ छ। बोलेरोमा सवार ११ जना तीन जना गम्भिर घाइते भएको अन्य समान्य घाइते भएको राईले जानकारी दिए। उकालोमा लोड तान्न नसकेर बोलेरो जीप सडकबाट झण्डै तीनसय मिटर तल खसेको स्थानीयले बताएका छन।

तपाईको प्रतिक्रिया

%d bloggers like this: