गाईघाट । त्रियुगा नगरपालिका १६ सुकौरामा जारी जाल्पा गोल्डकपको उपाधीको लागि उदयपुरगढी ११ र गाईघाट फुटवल क्लबले प्रतिस्पर्धा गर्ने भएका छन । सुकौरा खेल मैदानमा भएको खेलमा उदयपुरगढी ११ ले असारी ११ लाई पराजित गरि फाइनल यात्रा तय गरेको हो भने गाईघाट फुटवल क्लबले बेल्टार फुटवल क्लबलाई पराजित फाईनल पुगेको हो । आज सुकौरा खेल मैदानमा उदयपुरगढी र गाईघाट विच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक भुवन दाहालले बताए । खेलमा विजयी टिमले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेताले ५० हजार सहित सिल्ड र प्रमाणपत्र पाउने दाहालले बताए ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: