गाईघाट । सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सवकाे राैनकता थपिदै छ । बिभिन्न जातजातीकाे सांस्कृती प्रस्तुतीले महोत्सवको रौनकता थपिएको हो । लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्युटप पर्यटन विकास समितिको आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न जातजातको कला संस्कृतिको प्रतियोगिता, खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुको प्रर्दशनी गरिएको छ। महोत्सवको पहिलो दिन गायकहरू रूपकुमार राई, फूल कुमार बम्जन, शिव थापा मगर लगायतको प्रस्तुति थियो। स्थानीय सरकारको समृद्धिका गतिविधि तथा स्थानीय स्रोतसाधन, लिम्चुङबुङ झरना जस्ता पर्यटकीयस्थलहरूको प्रचार प्रसारसमेत गरिएको थियो।  जिल्लाको सबैभन्दा अग्लो स्थान २ हजार २ सय ७५ मिटर उचाईमा भएको महोत्सवले सिंगो पालिकाको विकास र समृद्धिमा टेवा पुर्‍याउने जिल्ला समन्वय समिति प्रमुख खड्गबहादर दर्नालले बताए।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया