बिदुर कटुवाल

कृपया यो पेज Like गर्नु होला

बाराह । ‘एभ्रेष्ट भ्यूटप भैचुङ – पर्यटनको केन्द्र लिम्चुङबुङ’ भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आजबाट सुरु भएको छ ।
एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ बाराहाको दोबाटेमा महोत्वसवको आयोजना गरिएको हो ।
महोत्सवको आज एक समारोह विच प्रदेश सांसद नारायण बुर्जा मगरले उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद बुर्जाले महोत्सवले लिम्चुङबुङलाई चिनाउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । ‘लिम्चुङबुङ गाउँपालिकाको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो ।’ सांसद मगरले भने ‘महोत्वसव स्थलमा दोवाटेमा एभरेष्ट भ्यू टावर निर्माण निर्माण भएपछि यसको महत्व अझ बढने छ ।’ उनले लिम्चुङ्गबुङ्ग गाउँपालिकाको पर्यटन विकासको लागि प्रदेश सरकारबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर दर्नाल, नेकपाका नेता महोन बहादुर खत्री, विनोद कटुवाल छिमेकी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । महोत्सव नयाँवर्ष २०७६ को अवसरमा बैंसाख १ देखि पाँचदिनसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा खास आकर्षण मौलिक सांस्कृतिक प्रदर्शनी, लोकप्रीय र चर्चीत गीतसंगीतका हस्तीहरुको उपस्थिति र प्रस्तुती, खेलकुद, हाँस्यब्यंग्य र साहित्व हुनेछन् । आकर्षणको रुपमा हेलिकेप्टरसमेत लैजाने र उद्घाटनमा सप्तकोशीको पानी उठाई हेलेसीधाममा चठाएर पुष्पबृष्टि गर्ने योजनासमेत रहेको जनाइएको छ । टिकट काटेर हेलिकेप्टर चढ्ने र हलेसीको दर्शन तथा सगरमाथाको रेन्जको अवलोकन गर्ने प्रवन्धसमेत मिलाउने तयारी भईरहेको जनाइएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया