कटारी । कटारी बजारको सानको रुपमा रहेको भुगोलपार्क नजिक रहेको खाल्टा खुल्टी स्थानीय पत्रकार र व्यवसायीले मर्मत गरेका छन । कटारी बीच भागमा रहेको भूगोल पार्क अगाडि खाल्डा खुल्डीले गर्दा पानी परेको बेला पानी जम्ने सवारी साधनहरुलाई समेत आवत जावतमा समस्या हुने भएकाले स्थानीयले मर्मत गरेका छन । सडकको अबस्थाले गर्दा सुन्दर देखिएको भूगोल पार्कको सौर्दयलाई असर गरेकाले सडक मर्मत गरिएको पत्रकार जीवनाथ दाहालले बताए । भूगोल पार्क अगाडिको बाटो सडक विभागले बनाउनु पर्ने तर सामान्य सडक मर्मत गर्न सडक विभागले चासो नदेखाएपछि स्थानीय मिलेर सडक मर्मत गरेका हुन । कटारीका स्थानीय युवा बिष्णु कटुवाल, मोहन तामांग, बिकास थापा, कांग्रेस पूर्ब क्षेत्रीय सभापति त्रिभुवन दाहाल र भोर्ले स्कूलका शिक्षक राम बहादुर कुंवर लगायत सहभागी भई सडकमा ग्राबेल हालेर मर्मत गरिएको छ । स्थानीयहरु आफैले सडक मर्मत गरेपछि समाजिक संजालमा अन्य सरोकारवाला निकायका पदाधिकारी र स्थानीयले उच्च पं्रशसा गरेका छन ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: