काठमाडौं । उदयपुर सिमेण्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदको नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छानिएका व्यक्तिहरुको नामावली प्रकाशित भएको छ ।

उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयका छनौट तथा सिफारिस समितिले १५ जनाले दरखास्त दिएकोमा ५ जनाको नाम सर्टलिष्टका आधारमा छनौट गरेको हो ।

समाचार मन परे Like गर्न नभुलौ ।

सर्टलिष्टमा अनिल कुमार झा, जनक बहादुर चन्द, तारानाथ पौडेल, रामबाबु साह र रामाधिन यादवको नाम परेका छन् । यी ५ जनाबाट ३ जना छनौट गरि मन्त्री परिषद् बैठमा पेश गरिने बताइएको छ । त्यस्तै, ३ जना मध्येबाट १ महाप्रबन्धक नियुक्त हुनेछन् । कर्मचारी ध्रुब देबकोटाले समेत आवेदन दिएका थिए  ।  देवकोटा उदयपुर सिमेन्ट उद्योगका ११ औँ तहका प्रशासन प्रमुख कर्मचारी हुन्। कर्मचारी सटलिष्टबाट आउट भएका छन । उता नेकपाका नेता प्रमेश्वर घिमिरे टेक बहादुर राउत र रामदेव यादवले पनि आवेदन दिएकोमा उनीहरु पनि पहिलो चरणबाट बाहिरिएका छन ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: