गाईघाट । त्रियुगा नगरपालिका भएपछि साविक साउने गाविसमा विकास निर्माणले गति लिएको छ । जनप्रतिनिधी आएसँगै साउनेको विभिन्न गाँउमा विकास निर्माणले गति लिएको हो । त्रियुगा नगरपालिकाको वडा नम्बर १४ साउनेको विभिन्न ठाउँमा खानेपानी, विजुली, सिँचाई, सडक बत्ती, सडक, गोरेटो घोरेटो जस्ता निर्माणका कार्यहरु भईरहेको छन । जनप्रतिनिधी आएपछि गाँउको मुहार फेरिएको छ । त्रियुगा नगरपालिकाकै सबै भन्दा ठुलो सिँचाई आयोजना साउनेमै संचालित छ । त्रियुगा नगरपालिकाको करिब एक करोडको लागतमा बेताल खोला सिचाई आयोजना संचालित छ । धाप्लाङ्गको मुक्सारटारका दुईहजार स्थानीयहरु सिँचाई आयोजनाबाट प्रत्यक्ष लाभाम्बित हुने वडा अध्यक्ष कुरुङ्ग राईले बताए । उनले भने ‘जनप्रतिनिधी नहुदाँ जाम भएको विकासको लहर हामी निर्वाचित भए सँगै खोलेका छौ ।’ वडा अध्यक्ष राईले भने ‘खानेपानी, विजुली सिचाई, सडक लगाएतका कामहरु धमाधम भईरहेका छन । त्यस्तै सामाजिक सुरक्षा भत्ता समेत घर घरमै गएर वितरण गर्ने व्इवस्था मिलाईएको वडा सचिव रित कुमार राउतले बताए । वडा सचिव राउतका अनुसार वडा नम्बर १४ साउनेलाई पर्यटकिय हव बनाउन त्रियुगा नगरपालिकामा योजना पेश गरिएको छ । गाईघाट दिक्तेल सडक आयोजनाले गाईघाट देखि साउने सम्मको भाग कालो पत्रे गरे सँगै स्थानीयलाइ धुलोबाट मुक्ती मिलेको छ । यसै बिच साउनेकाे बेताल खोला सिचाई आयोजनाकाे सामाजिक परिक्षण सम्पन्न भएको छ ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया