गाईघाट । बारा र पर्साका हावाहुरी पिडितलाई उदयपुरका दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलव सहयोग घोषणा गरेका छन । गएको आईतबार आएको हावाहुरीले घरवार विहिन भएका बारा र पर्साका सर्वसाधरण एक दिनको तलव सहयोग गर्ने तयारी गरेका हुन ।
जिल्लाको त्रियुगा र बेलका नगरपालिकाका कर्मचारी सहित जनतप्रतिनिधिले एक दिनको तलव दिने घोषणा गरेका छन । त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एकबहादुर राउतले त्रियुगा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव सहयोग गर्ने तयारी भएको जानकारी दिए । ‘त्रियुगा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको तलव झण्डै दुई लाखभन्दा धेरै हुन्छ,’ उनले भने, ‘त्रियुगा नापामा २ सय जना कर्मचारी र जनप्रतिनिधि छन, केही भित्रै उक्त रकम संकलन गरी सहयोग गर्ने छौ ।’

कृपया यो पेज Like गर्नु होला

यसैगरी बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा स्वतिकले बेलका नगरपालिकाका कर्मचारी जनप्रतिनिधिको एक दिनको तलवभत्ता दिने तयारी भएको बातए । ‘बेलकमा जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलव एक लाख ६० हजार हुन्छ,’ उनले भने, ‘त्यही पैसा जम्मा पारेर हावाहुरी पीडितलाई दिने निर्णय बैठक बसेर गरिसकेका छौ ।’
प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म हावाहुरीबाट ३१ जनाको मृत्यु भएको थियो । सयौंको संख्यामा सर्वसाधरणहरु घरवार विहिन बनेका छन भने दर्जनौं घाइते भएर उपचार गराइरहेका छन ।

तपाईको प्रतिक्रिया