आइतबार बेलुकीको हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको छ । चारसय भन्दा धेरै घाइते भएका छन् । घाइते सबैको बारा र पर्साका विभिन्न अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवालगायत ठाउँमा हावाहुरीले घर भत्किएको छ । हावाहुरीले बिजुलीका पोल ढाल्नुका साथै गुडिरहेका गाडी पनि पल्टेका थिए । घर भत्किँदा तथा बिजुलीका पोल ढल्दा र गाडी पल्टिंदा ठूलो मानवीय क्षति भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: