गाईघाट । शहिद घोषणा गरेको खुसीयालीमा द्वन्द पीडित सुरक्षाकर्मी परिवारले दीप प्रज्वलन गरेका छन ।  द्वन्द पीडित सुरक्षाकर्मी परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा दीप प्रज्वलन गरेका हुन । विभिन्न माग राखी ३३ दिने धर्ना पछि नेपाल सरकारले २०७५/१०/१४ गते २८०७ जान द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको घोषणा कार्यान्यन गर्न २०७५/१२/११ गते राजपत्रमा प्रकाशन गरेपछि सहिद परिवारका सदस्यहरुको दिपप्रजलन गरि खुसी साटासाट गरेका शहिद परिवारका शोभा दाहालले जानकारी दिइन । उदयपुर जिल्ला प्रहरी कार्यलयमा रहेको स्मारकमा दीप प्रज्वलन कार्यक्रममा गैसस कर्मी राजनितिज्ञ पत्रकार नागरिकसमाजको उपस्थिती रहेको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया