उदयपुर  ।  उदयपुर कारागारमा रहेका अधिकासं कैदी बन्दीहरुको आँखा तथा कानमा समस्या रहेको पाईएको छ । नेपाल नेत्र ज्योती संघ उदयपुरले आज जिल्ला कारागारमा संचालन गरेको आखाँ तथा कान शिविरमा अधिकाशमा आखाँको समस्या पाईएको हो ।
शिविरमा ८७ जनाले आखाँ जाँच गराएकोमा ६४ जनाको आँखा कमजोर पाईएको नेपाल नेत्र ज्योती संघका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो । १३ जना कानको र २ जना कैदी बन्दीको आँखाको अप्रेसन गर्नुपर्ने चिकित्सकले सिफारिस गरेका छन । ४० देखि ६८ सम्म बर्ष समूहका कैदी बन्दीहरुमा आँखामा नजिक हेर्ने समस्या पाईएकोले औषधीको साथै २९ जनालाई निशुल्क चस्मा समेत वितरण गरिएको थियो । ३ बालबालीका सहित १६६ जना रहेको जिल्ला कारागार उदयपुरमा उपचार सहित निशुल्क औषधी र चस्मा समेत पाएपछी कैदीबन्दीहरु खुसी भएका छन ।
कैदीबन्दीहरुले यसअघीका सिविरमा उपचार मात्र गर्ने गरेको भएपनी यस यसपटक भने निसुल्क औषधी र चस्मा समेत वितरण गरिएकाले आफुहरुलाई निकै सहज भएको प्रतिक्रिया दिएका छन ।
विभिन्न अपराध गरेर कैद भूक्तानी गरिरहेका हरुलाई बाहिर गएर उपचार गराउन सुरक्षाका लगायतका कारणले समस्या हुने गरेकोका कारण हिसावले कारागारमा नै गएर सिविर संचालन गरिएको नेत्र ज्योती संघ उदयपुरले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया