१५ चैत , काठमाडौं ।

समाचार मन परे Like गर्न नभुलौ ।

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको “मिडिया कप फुटसल प्रतियोगिता २०७५” को उपाधि प्रेस संगठन नेपालले जितेको छ । नेपाल प्रेस यूनियन र प्रेस संगठन नेपाल बिच उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले ६ –१ को गोल अन्तरले प्रतियोगिताको उपाधि हात पारेको हो ।
विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा विजेताले दशहजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेताले सातहजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँचहजार नगद , ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । नगद र प्रमाणपत्र महासंघको स्थापना दिवस चैत १६ गते महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो ।
प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस संगठन नेपालका खेलाडि दिपेन्द्र गुरुङ्ग बेस्ट स्कोररको विजेता बने । त्यसैगरी प्रतियोगिताकै बेस्ट प्लेयर नेपाल प्रेस यूनियनका खेलाडी निशान राई घोषित भए ।
चैत १४ र १५ गते शान्तिनगर फुटसल, ओम शान्तीचोकमा खेलाइएको प्रतियोगितामा सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) , इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: