गाईघाट । फलफुलका विरुवा रोपेर प्रधानमन्त्री केपी ओलीको नजरमा परेको जिल्ला प्रशासन कार्यालय उदयपुर फेरी प्रधानमन्त्री कार्यालयको हिट लिष्टमा परेको छ । देश भरीका जिल्ला प्रशासन कार्यायलहरु मध्ये सेवाग्राहीहरुलाई प्रदान गरिएको सेवाको आधारमा नमुना कार्यालयमा छनौट भएको हो । प्रधानमन्त्री तथा मन्त्रिी परिषदको कार्यालयले गृह सचिवलाई पत्र लेखी उदयपुरको जिल्ला प्रशासन कार्यालय जस्तै अन्य कार्यालयहरु बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यालयले चैत्र ७ मा चलानी नम्बर ६६१४ नम्बरको पत्रबाट गृह सचिवलाई उदयपुरमा राम्रो व्यवस्था भएकाले अन्य कार्यालयमा समेत उदयपुरको जस्तै व्यवस्था गरेर सेवाग्राहीलाई सुविधा पुर्याउन निर्देशन दिईएको छ । सहसचिव विनोद बहादुर कुवँरले हस्ताक्षर गरि जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिईएको पत्रमा प्रधानमन्त्रीको कार्यालयबाट जिल्ला अनुगमनको क्रममा उदयपुरले राम्रो व्यवस्था गरेको पाईएको भनिएको छ । प्रधानमन्त्री कार्यालयले लेखेको पत्रमा उदयपुर प्रशासन कार्यालयको अगाडी डिजिटल वडापत्र, कार्यालयको अगाडी स्वाईर आकारमा बगैचा, नागरिकता पाएकै दिन फोटसहितको मतदाता नामावलीमा फोटो खिच्ने व्यवस्था मिलाईएको, सेवाग्राहीको लागि फ्री वाईफाई को व्यवस्था रहेका कुरा उल्लेख छ । त्यसै गरी प्रतिक्षालयमा टेलिभिजनको व्यवस्था, जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवा संचालन, महिला हेल्पडेक्स संचालन गरेको र राहदानी बनाएर बैदेशिक रोजगारीको लागि विदेश जाने सेवाग्राहीलाई बैदेशिक रोजगारी सम्बन्धी सुचना तथा परामर्श सेवा समेत संचालन गरेको पाईएको छ । यता प्रधानमन्त्रीको कार्यालयको रोझाईमा जिल्ला प्रशासन कार्यालय परेपछि उदयपुर खुसीको संचार भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई उदयपुरका नागरिकले बधाई दिएका छन । बरिष्ठ अधिवक्ता मोहन बहादुर कार्कीले सिडियोलाई बधाई दिदै अझ प्रगतिको कामना गरेका छन । त्यस्तै नागरिकका पत्रकार महेश्वर चाम्लिङले समेत सिडियो कार्कीलाई समाजिक संजालमार्फत बधाई तथा शुभकामना दिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया