गाईघाट । आन्तरिक प्रयोजनका लागि भन्दै व्यापक रुपमा सालको हरियो रुख काटिएको छ । डिभिजन वन कार्यालय गाईघाटले अनुमिति दिएपछि सामुदायिक वनबाट ठूलो संख्यामा हरियो रुख काटिएको हो । डिभिजन वन कार्यालय गाईघाटको अनुमतिमा रुख काटिएको समुहका पदाधिकारी बताउँछन । डिभिजन प्रमुख बिष्णुप्रसाद आर्चाय सहितका वन कार्मचारीको सहमतिमा हरियो रुख काटिएको हो । संस्थागत रुपमै हरियो रुख काटने अनुमति दिदा“ सदुपयोग भन्दा दुरुपयोग बढी हुने वनसंग सम्वन्धित विज्ञको चिन्ता छ । सामुदायिक वनमा संस्थागत रुपमा हरियो रुख काटिएको यो नै पहिलो हो । यस अघि जिल्ला वन कार्यालयले आन्तरिक प्रयोजनका लागि समेत हरियो रुख काटन आदेश दिएको थिएन । तर डिभिजन वन कार्यालयको गठनसंगै वन अधिकृत भएर आर्चाय आएपछि समुहलाई हरियो रुख काटने अनुमति दिएको सामुदायी वन उपभोक्ता समुहले बताए । यस अघि छिटफुटमात्रै हरियो रुख काटिने गरेको समूहको दावी छ । सामुदायिक वन उपभोक्ता समुहले आन्तरिक प्रयोजनका लागि भन्दै यस अघि काटिएका काठको समेत दुरुपयोग हुदै आएको थियो । सुख्खा खडा, ढलापडा भन्दै यस अघि सुकेको र ढलेको रुख काटिएको थियो । तर अहिले आर्थिक चलखेल गरेर डिभिजन वन कार्यालय गाईघाटले हरियो रुख काट्ने अनुमति दिएको छ । यसको पनि दुरुपयोग हुने निश्चित रहेको स्वम् वन समुहका पदाधिकारी नै वताउछन । सुरुमा आन्तरिक प्रयोजनका लागि भन्दै रुख काटने र त्यसपछि समुहमा खपत नभएको भन्दै बाहिर बिक्रि गर्ने गरेको स्थानीयले बताए । ‘सुरुमा आन्तरिक प्रयोजनका नाममा रुख काटिन्छ’ त्रियुगा नगरपालिकाका मिनबहादुर पोखरेलले भने, ‘तर उपभोक्तालाई दिने समयमा विभिन्न वहान झिक्ने, संकलन लागत बढि भएको देखाउने र उपभोक्तालाई नदिने जस्ता कार्य हुन्छन् ।’ उपभोक्ताले खरिद गर्नसक्ने क्षमता भन्दा बढि मूल्य भएपछि उपभोक्ताले नलिने र बाहिर बिक्रि गरेर आर्थिक दुरुपयोग गर्ने गरेको उनले बताए । सामुदायिक वनले यस अघि आन्तरिक प्रयोजनका लागि काटिएका रुख समेत दुरुपयोग भएको यथेस्ट प्रमाण हुदा“ हुदै वन कार्यालयले हरियो रुख काटने अनुमति दिएको छ । पहिले काटिएका रुख समुहले प्रयोग गर्नेभन्दा बिक्रि गरेर आर्थिक उपार्जन गर्ने गरेको अवस्थामा पुन अन्तिरिक प्रयोजनका लागि भन्दै हरियो रुख काटिएको स्थानीय नेत्रबहादुर मगरले बताए । ‘पहिले लिएको काठ त घरमा प्रयोग भएन ’ उनले भने, ‘अव ल्याएको काठ स्थानीय बजारमा बिक्रि गर्ने तयारी थालेको छु ।’ सुकेको देखाएर हरियो रुख काट्र्ने दर्जन बढि वन समुहका पदाधिकारी कारबाहिमा परेका छन । दर्जन वन समुहविरुद्द अख्तियारमा मुद्धा छन् । अहिलेपनि कतिपय समुहको मृुद्धा अख्तियारमा कायमै छ । दुरुपयोग रोक्नमा खासै चासो नदेखाएको डिभिजन वन कार्यालयले सुख्खा खडा, ढला पडा रुख नभएको समुहको प्रतिवेदनको आधारमा हरियो काटने अनुमति दिएको छ । डिभिजनको अनुमति पाएपछि रुख काटिएको ककनी समुदायीक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका — ७ का अध्यक्ष गणेश मगरले बताए । ‘सुख्खा खडका ढलापडा रुख नभएकोले आन्तरीक प्रयोजनका लागि हरियो रुख काटिएको हो ’ अध्यक्ष मगरले भने, ‘सुख्खा खडा, ढलापडा सकिएकोले टप्पु सुकेको, बृद्धि विकास रोकिएका हरियो रुख काटिएको हो ।’ डिभिजन वन कार्यालयको अनुमति लिएर समुहले २२ वटा हरियो रुख काटेको उनले बताए । आन्तरिक प्रयोजनका लागि अहिले झण्डै ६० सामुहदायीक वन उपभोक्ता समुहलाई रुख काटने अनुमति दिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी साहयक वन अधिकृत जागेश्वर साहले बताए । समुहको प्रतिवेदनका आधारमा उपभोक्ताको आवश्यकतालाई मध्य नजर गर्दै हरियो भएपनि काम नलाग्ने रुख समेत कटान आदेश दिएको उनले बताए । ‘विशुद्ध आन्तरिक खपतका लागि दिएको हो ।’ यसको दुरुपयोग हुन नदिन वन कार्यालयले नियमिति अनुगमन गर्ने र दुरुपयोग भएको भए समुहका पदाधिकारीलाई कारबाही गरिने उनले बताए ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: