लेखक : कोमल प्याकुरेल

मलाई पनि पुग्यो सम्धिलाई पनि पुग्यो’ अवस्था यस्तो छ । वि.स. २०११ साल मंसिर २६ कास्कीमा जन्मिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड) ले वि. स. २०२८ साल बाट राजनीति प्रारम्भ गरेका थिएँ । अहिलेसम्म २ पटक प्रधानमन्त्री पद सम्हालि सकेका दाहाल नेपालको राजनीतिको केन्द्रमा रहेका छन । अहिले दाहाल जत्तिको प्रभावकारी नेता समकालीन नेपालमा छैनन् । दाहालको राजनैतिक चतुर्‍याइँ लाई उनका समर्थकले मात्र नभएर आलोचक हरु पनि स्विकार्छन । यहीँ चतुर्‍याइँकै कारण पनि विगतमा आफ्नो नेतृत्वको पार्टी तेस्रो रहदा पनि आफू मुख्य स्टाइकरनै रहे र हाल एकता पछि अहिले नेकपा का दुई अध्यक्ष मध्यमा प्रचण्ड दरिलो अवस्थामा वा ओलि भन्दा प्रचण्ड कै पार्टी भित्र दरिलो पकड देख्न थालिएको छ र नेकपा र सरकार भन्नू प्रचण्ड हो भन्ने हरुको कमि छैन ।
प्रचण्ड वि.स. (२०३८-२०६३) साल सम्म भूमिगत अवस्थामा रहे । वि.स. २०६३ सालमा काठमाडौंमा भूमिगत जीवन बाट सार्वजनिक भएका प्रचण्डले राजनीतिमा धेरै थरि प्रयोग गरे । सबै जसो प्रयोग असफल जस्ता देखिए पनि नेपाली समाजमा बिस्तारै सुसुप्त रूपमा देखिंदै गरेका परिवर्तन हरुमा ती प्रयोगहरूकै योगदान छ ।
यिनै प्रचण्ड हुन, जसले दुई जनाको अगाड़ी उभिएर आफ्नो कुरा राख्न नसक्ने नेपालीलाई अधिकार माग्न सक्ने बनाए । पंचायत क़ालीन मुखिया र क़ाज़ीहरुक़ो फ़रमान चल्ने गाऊँ बस्ती हरुमा म पनि बराबरीको नागरिक हुँ भन्न सक्ने बनाए । डरले वा रहरले,, दलितले मन्दिर,महिलाले मंच,अनि मुखियाका हलीहरुले शहर सम्म देख्न पाए । ४६ सालमा प्रजातंत्र आएको त भनियो । तर गाउँ घरमा कसैले पनि पंचायत क़ालीन मुखिया,काजी र प्रधान हरुको कुरा काट्न सकदैनथ्यो, कानून भनेकै उनीहरुक़ो मुट्ठीमा थियो, सर्वसाधारणको अधिकार भनेकै उनीहरुक़ो फ़रमान(सहि/गलत) थियो । शहर तिर टोले गुण्डा,नाइके र डन हरूको दबदबा थियो ।

कृपया यो पेज Like गर्नु होला

वि.स. २०५२ सालमा जनयुद्ध सुरु गर्दा यी प्रवृत्तिहरु पनि युद्धको जन्ममा सहयोगी बनेर अाए । त्यस बेला प्रयोग गरिएको बाटोलाई इतिहासलेनै मुल्यांकन गर्नेछ । प्रेम र युद्धमा सब जायज़ छ भनिए पनि युद्धका डोब पुरिन त्यति सजिलो पक्कै हुँदैन । जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन; किनभने कसैले पनि शोषणका विरूध्द आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ। जबसम्म अन्यायका विरूध्द लड्ने अधिकार कुण्ठित रहन्छ तबसम्म दमन कायम रहिरहन्छ। राजनीति परिवर्तनका यी यावत काम प्रचण्ड र उनको पार्टिले गरेको कुरा नकार्न सकिदैन । पार्टीको नेतृत्व कर्ता भएकोले पनि प्रचण्डनै यसको श्रेयकर्ता हुन ।
तर यो वास्तविकता लाई हेर्दै गर्दा हामी राजनैतिक अधिकार सुरक्षित गर्ने, पात्र फेरिने तर प्रबृत्ति नफेरिने हो भने परिवर्तनको महशुस हुनै सक्दैन । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेको बेला जसरी जनता बाट आशा गरिएको थियो त्यो विविध कारण अौंल्याएर पूरा गर्न सकिएन भन्ने कुरालाई सबैले चाहिँ नचाहिँ स्विकार्नु पर्यो । प्रचण्ड लाई जस्तो देखिन्छ, त्यस्तै भनिन्छ अर्थात् सदैव राम्रो देखिनुस भन्ने मेरो चाहना हो । यसो भनिरहदा कहाँ नीर राम्रो देखिएन भन्ने प्रश्न उब्जिनु अस्वभाविक हैन तर के प्रचण्डले सबै बाचा पुरा गरेका छन भनेर पनि भन्न सक्ने अवस्था छैन । जनयुद्धमा होमिएर शारीरिक अपांग भएका व्यक्ति वा बमको छर्रा मुटुमा, टाउकोमा भएका जसको उपचारमा जादा झनै जोखिमपूर्ण भएकोले त्यहीँ छर्रा बोकि हिडेका अनि कोही समाज परिवर्तन गर्छु (कि स्वर्गको रजाइँ कि चपरि मुनिको बाँस) भन्दै घर छाडेका, ती व्यक्ति जो असक्षम बिल्ला बोकि बाटो खर्चमा घर फर्केका अनि कोही अरु कारणबाट मृत्यु या मुक्ति सम्म नभएका हरुले पनि के साच्चिकै परिवर्तन गर्यौ भनेर गौरवान्वित हुने अवस्थामा यो देश पुगेको हो भनेर मानेका छन त ??? मानेका पक्कै पनि छैनन् । यो प्रश्न त तिनै सहयोध्दाका हुन जो प्रचण्डको आसपासमा छैनन् । जनताका कुरा त परै छाडौं ।
यहाँ सतही हेर्दा यो व्यवस्था र परिवर्तनमा प्रचण्ड एक मामोलि पात्र देखिन सक्छन् तर गहिराइमा जाने हो भने यो राजनीति परिवर्तन (व्यवस्था) र उनी एकै सिक्काको दुई पाटा जत्तिकै हुन भनेर भन्न सकिन्छ । प्रचण्ड सामु जनविश्वास कम हुदै जानू भनेको अहिलेको राजनैतिक उपलब्धि संकट उन्मुख रहनु हो । यसर्थ पनि भएको उपलब्धिको रक्षा र यहीँ उपलब्धिको जग बाट समृद्धिको बाटो तय गर्नुपर्ने भएकोले प्रचण्ड असफल हुनु हुँदैन । इतिहास सधै विजेताहरूबाट लेखिएको हुनाले प्रचण्ड विजयी व्यक्ति बन्नु पर्छ ।
नेपालको राजनेतामा नेपालका ती गरीब जनता जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो नपाउने अनि आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न नसक्ने, अझैसम्म नाना,छाना,खाना खोजी रहेका निरीह जनता जो आफ्नो पुर्ख्यौली थलोमा जीविकाको केही उपाय नदेखेर खाडी पसेका छन तिनीहरुको मन मस्तिष्कमा बस्न सक्ने हुनुपर्छ । यसका लागि पनि प्रचण्डले ती व्यक्ति लाई आस्वस्त पार्न कुनै न कुनै काम गर्नैपर्छ ।

मेरो लेखाइको अध्ययन गर्दा यो चिसा अक्षरमुनि कुनै स्पन्दित भइरहेको न्यानो आत्मा छ कि छैन भनेर खोज्नुहोस् । मैले राजनीति अधिकारको दस्तावेजभन्दा इमानदारीताको अठोट खोजेको हुँ । अधिकारको कागजि खोष्टो मात्र पाएर अन्यायको अनुभव कुनै समूहमा हुनगयो भने राष्ट्रको बलियो जग बनाउनमा ठूलो अडचन पर्छ। समृद्धि सम्झने हो आउने हैन भन्ने चरितार्थ हेर्न रहर मलाई कहिले हुने छैन । (समृद्ध नेपाल सुखी नेपाली) जय होस्

(उदयपुर – लेखानी हाल दक्षिण कोरिया)

 

तपाईको प्रतिक्रिया