उदयपुर । उदयपुरमा कृषकहरुलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा मंगलवार वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १६ का कृषकहरुलाई उक्त समाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७५÷०७६ को वडागत स्वीकृत बजेटवाट व्यवसायिक  तरकारी खेति र व्यवसायिक पशुपालन प्रबद्र्धन गर्ने उद्धेश्यले वडा कार्यलय १६ जाल्पा चिलाउनेले कृषि समाग्री तथा वंगुरको पाठा वितरण गरिएको वडा नम्वर ८ का अध्यक्ष मान बाहादुर राईले बताए । अध्यक्ष राईका अनुसार वडाले पशु र कृषीको क्षेत्रमा जोड गरेको हुनाले भोलीका दिनमा १६ नम्वर वडाका वडावासीलाई पशु र कृषीको क्षेत्रबाट नै आर्थीकरुपमा सवल वनाउने वताए ।

कृपया यो पेज Like गर्नु होला

त्यस्तै, हामीले कृषी क्षेत्रलाई व्यावसायीक बनाउनु पर्छ अनि मात्र हाम्रो गरीवी न्युनीकरण हुन्छ र हामी आर्थीकरुपमा समृद्ध हुने वडा नम्वर १६ का वडा सदस्य गोमा कार्कीले वताईन् । यता, वडाका वुद्धिजीवी पदम वहादुर मगरले पहिले बंगुरका पाठा किन्नका लागी क्रण खोज्दै हिड्नु पथ्र्यो, टनेल भनेका थाहा नै थिएन टनेल भनेको त भोर्लाका पाटा पो हो की भनी अनुमान लगाउनु गथर््यौ तर अहिले वडाले कार्यलयले नै यस्ता सामाग्री वितरण गरिरहदा आफुहरुलाई कृषि क्षेत्रमा काम गर्न उर्जा मिलेका वताए  ।

त्यसैगरि, वडावाट युवाहरुलाई कृषि क्षेत्रमा आर्कषण गर्न कृषि समाग्री वितरण गरिएकोमा आफुहरु खुसी भएको स्थानिय युवा सिहं बहादुर राईले बताए । आर्थिक बर्ष २०७५÷०७६ को वहुक्षेत्रिय पोषण योजनाको १० लाख वजेटमा वडाका २३ जनालाई वंगुरको पाठा २४ जनालाई टनेल र ६ घर परिवारलाई २।२ वटाका दरले बाख्राको पाठा वितरण गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया