समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कटारी । उदयपुरको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले हान्दा घर मालिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ५० वर्षे तीर्थबहादुर तामाङको आइतबार दिउँसो मृत्यु भएको हो। राईका अनुसार तामाङले घरमै पालेको गोरु फुकाउने क्रममा गोरुले हानी घम्भीर घाइते भएका थिए। अनि उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। तामाङको शव पोष्टमाटको लागि कटारी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया