उदयपुरको साना तथा घरेलु उद्योग विकास समितिको प्रमुख शम्भु प्रसाद साह उदयपुरका साना तथा लघु उद्यमीहरुको लागि नयाँ नाम होईन । २०७४ साल चैत्र २१ गते घरेलुमा प्रमुख उद्योग अधिकृतको रुपमा उदयपुर आउनु भएका साहले स्नाकोत्तर र कानुनमा स्नातक तह सम्मको अध्ययन गर्नु भएको छ । उदयपुरको छिमेकी जिल्ला सप्तरीको डाक्नेश्वरी नपा ३ स्थायी घर भएका साह सँग लामो समय सम्म अध्ययपन गरेकोे अनुभव छ । नायव सुब्बाबाट सरकारी सेवामा प्रवेस गर्नु भएका साहले प्रशिक्षण तथा अनुसन्धान अधिकृतको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । हाल उदयपुरमा घरेलु तथा साना उद्योग समितिको नेतृत्व गरिरहनु भएका साह सँग गाँउपालिका डट कमका सम्पादक तुलसी प्रसाद कोईरालाले साना तथा लघु उद्यमीहरुको समस्या र समाधानका उपायहरुको बारेमा गरिएको सक्षिप्त कुराकानी ।

घरेलु तथा साना उद्योग विकास समितिले खास काम चाहि के गर्छ ?
राष्ट्रमा लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, विकास र विस्तार गरी आय आर्जन र रोजगारीका अवसरमा वृद्धि हुनका साथै स्थानीय श्रोत साधन सीपको परिचालन गरी स्थानीय आवश्यक्ता परिपूर्तिका साथै आयत प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने देशको कूल ग्राहस्थ उत्पादनमा लघु, घरेलु तथा साना उद्योगको योगदान वढाउने उद्देश्यले लघु, घरेलु तथा साना उद्योग विकास कार्यक्रमलाई प्रथम प्राथमिकतामा रहेर कार्य सञ्चालन गर्ने गरेको छ । यसका कार्यक्षेत्र निम्न अनुसारका छन् ।
–विभिन्न किसिमका औधोगिक(उद्यमी विकास र व्यवस्थापन पक्षमा तालिम र आवश्यकक्ता अनुसार विशेष तालिम दिने, दिलाउने ।
–उद्योगहरुलाई ऋण वितरण तथा लगानी गर्ने र सो योजनाको लागी उद्योगहरुको किसिम तथा प्राथमिकता तोक्ने ।
– उद्योगहरुको स्थापना गर्ने र उत्पादित मालसमानहरु विक्रि वितरण गर्ने व्यवस्था गर्ने ।

कृपया यो पेज Like गर्नु होला


– तालिम सञ्चालको अवधिमा उद्यमीहरुलाई आवश्यक कोरामाल ,मेसिन ,ज्यावल , तथा औजार आदि ८० प्रतिशत छुटमा विक्रि वितरण गर्ने ।
– उद्योगवाट उत्पादित माल समानहरुको विक्रि वितरण वढाउने ,
– स्वदेशी वस्तुको निकासी वृद्धिका लागि सहायक हुने खालका अन्तराष्ट्रिय प्रदर्शनीमा भाग लिने र सो सम्वन्धमा आवश्यक व्यवस्था गर्ने ।
– उद्योग प्रवद्र्धनमा सहायक हुने किसिमका योजना वा पुस्तकहरुको प्रकाशन गर्ने वा गोष्ठी ,प्रदर्शनी ,सम्मेलन तथा अध्ययन भ्रमणको आयोजना गर्ने ।
– उद्योगको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ,उद्योगी वा शिल्पकारहरुलाई प्रोत्साहित गर्न पुरस्कार दिन सिफारिस गर्ने ।

तपाइ उदयपुर आएपछि के—के काम गर्नु भयो ?
नितिगत ः— उदयपुर आएपछि कार्यालय सञ्चालन तथा सु—व्यवस्थाका लागी मैले निम्न वमोजिम नितिगत सूधार गरेको छु ।
 औधोगिक व्यवसाय ऐन २०७३ मंसीर ७ गते प्रमाणिकरण तथा प्रकाशन भएको र सो ऐनको अनुसूची ८ मा सार्वजनिक यातायात व्यवसाय दर्ता गर्ने अधिकार भएता पनि कुनै दर्ता नरहेकोमा त्यस कार्यलाई मैले सुरुवात गरी दर्ता प्रकृयामा ल्याएको छु ।
 विधुतिय सीटी रिक्सा टेम्पोलाई दर्ताको प्रकृयामा ल्याएको ।
 महिला उद्यमीका लागि उद्योग दर्ता गर्दा दस्तुरमा ३५ प्रतिशत छुटको व्यवस्थालाई व्यापक गरेको ।
 दर्ता गरेर मात्र उद्योग तथा व्यवसाय सञ्चालन गर्नुपर्ने भन्ने कुरामा सरोकारवालाहरु संग छलफल गरी कार्यान्वयनमा ल्याएको ।
 वित्तिय अनुशासन तथा खर्चलाइ मितव्ययिता कायम गरि पेश्कि फ¥छ्यौट तथा वेरुजुलाइ यस आ.व.मा शून्यमा झारेको ।
 सार्वजनिक खरिद ऐन अन्तरगत लेखा प्रणालीलाई सुदृढ गर्न तथा कार्य सञ्चालनमा आर्थिक पारदर्शिता कायम गर्नका लागि आपूर्तीकर्ता तथा कार्यालयवाट सञ्चालन हुने सीप विकास तालिमको लागि सेवा प्रवाह गर्न सूची दर्ता गरि रोष्टर कायम गरिएको ।
 औधोगिक ग्राम निर्माण व्यवस्थापनका लागि उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ संग समन्वय गरि वजेट तर्जुमा गर्न सफल भएको ।
 एकल विन्दु सेवा केन्द्रको स्थापनाको लागि स्थानीय तह संग समन्वय गरेको ।
व्यव्स्थापकिय ः—
 कार्यालयमा आउने सेवा गा्रहीको हितको लागि सोधपुछ कक्षको व्यवस्था गरेको छु ।
 गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको ।
 तालिमको लागि तालिमको अवधारणालाई निरुत्साहित गरि रोजगारीको लागि तालिम सञ्चालन गरेको ।
 स्थानीय तह संगको सहकार्यमा Demand base लाई आधारमानि तालिम सञ्चालन गरेको ।
—नेपाल सरकारका मातहतका निकायहरुमा नियुत्त हुँदा सम्वन्धित कर्मचारीहरुको JO Description दिएको हुन्छ , पद अनुसारको काम,कर्तव्य र अधिकार निर्धारण गरिएको हुन्छ सोहि अनुसार आफ्नो कार्य सम्पादन गर्ने गरिन्छ । त्यसमा पनि कार्यालय प्रमुख भई आएपछि कार्यालयको सम्पुर्ण काम काजको नैतिक जिम्मेवारी हुन्छ ।
—कार्यालय सञ्चालन तथा कार्यालयको प्रकृति अनुसार काम गर्ने ÷गराउने ।
—मातहतका कर्मचारीहरुलाई काम गर्न उत्प्रेरणा दिने ।
—कार्यालय सञ्चालन तथा सेवा प्रवाह गर्दा देखा परेका समस्याहरुलाई व्यवस्थापन गर्न सरोकारवालाहरु संग छलफल गरी समस्याहरुलाई व्यवस्थापन गर्ने ।

उदयपुरका खास समस्याहरु के—के हुन ?
 नितिगत समस्या ः— औधोगिक व्यवसाय ऐन २०७३ को नियम १५ मा लघु उद्यम दर्ता गर्ने व्यवस्था वमोजिम लघु उद्यम दर्ता गरेका उद्यमीहरुको व्यवसायमा ५ वर्ष सम्म कुनै आयकर नलाग्ने भनियता पनि नीतिगत समस्याको कारण लघु उद्यमीले आयकर छुट पाउन सकेका छैनन ।
—दर्ता प्रकृयाका लागि ऐलानी जग्गा भएका कारण दर्ता प्रकृयामा समस्या भएको ।
—उद्योग व्यवसाय दर्ता कायम नगरी सञ्चालन गरेको ।
—अनुगमनका क्रममा दर्ता कायम भएको भन्दा वढी पूँजिको कारोवार वा व्यवसाय सञ्चालन गरेको । त्यसको लागि सरोकारवाला संग छलफल गरि कार्यान्वयनमा ल्याएको ।
—ठुला खालका अनुगमन गर्नुपर्ने तथा अन्य निकायवाट स्वीकृती लिनुपर्ने उद्योगको हकमा सोही दिन काम हुन नसक्ने भएता पनि सेवा ग्राहीले उद्योग दर्ताको प्रकृया झन्झटिलो मानेको ।
समाधानको प्रयासहरु ः—
–नुन देखि सुन सम्म अर्थात सानो व्यवसाय देखि उद्योग सम्म सवै खाले उद्योग नेपाल सरकारको दायराभित्र आउनु पर्छ भन्ने विभिन्न विद्युतिय तथा सरोकारवाला निकायहरु संग जस्तै ः उद्योग वाणिज्य संघ,नेपाल घरेलु महासंघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवासायी संघ लगायत अन्य सरोकारवाहरु संग समन्वय तथा सहकार्य गरि दर्ता प्रकृयाको दायरा भित्र ल्याएको ।
–निकट भविष्यमा जिल्लाभरिका ८ वटा स्थानीय तहका प्रत्येक स्थानीय तहका नगर तथा गाउ पालिका प्रमुख ,वडा अध्यक्षहरुलाई निमन्त्रणा गरि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि ,उद्योग दर्ता प्रकृया ,वाणिज्य दर्ता प्रकृया लगायत अन्य कार्यको लागि पहल गर्ने ।
अन्त्यमा समग्र उदयपुरे उद्यमीहरुको लागि केही संदेश दिनु हुन्छ ।
 उदयपुरे जिल्लाका उद्यमी व्यवसायीहरु एक दमै इमन्दार,लगनसील मेहन्ती तथा व्यवसाय प्रती जागरुक भएको पाइयो ।
 उद्योग क्षेत्रमा लगानी सम्वृधिको सुनौलो विहानी भन्ने नारा प्रती उद्यमी व्यवसायी लागेको पाइयो ।
 समय सापेक्ष नियमित रुपमा विभिन्न सरोकारवाला निकाय संगको सहकार्य तथा नितीि नियम संगत कार्य गरेको ।
 घरेलु समिति वाट प्राप्त अनुदान प्रविधिको सहि सदुपयोग गरी उद्योग क्षेत्रमा टेवा पुगेको ।

तपाईको प्रतिक्रिया