उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुरले आज बिशेष समारोहका साथ गुणस्तर सुनिश्चितता तथा प्रत्यान (QAA certificate) प्रमाण पत्र सार्वजनिक गर्ने भएको छ ।
क्याम्पसले सांस्कृतिक कार्यक्रम गरि प्रमाणपत्र सार्वजनिक गर्ने भएको हो । प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आथित्यतामा गुणस्तर सुनिश्चितता प्रमाणपत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको क्याम्पस सभाका सदस्य तथा नेकपाका नेता प्रमेश्वर घिमिरेले बताए । देशमा संचालनमा रहेका १४०५ क्याम्पस मध्य बिभिन्न मापदण्ड पुरा गर्दै त्रिजब शीर्ष ३० मा पर्न सफल भएपछि विश्व विद्यालय अनुदान आयोगले गुणस्तर प्रमाणित गरेको हो ।
क्याम्पसले बिशेष समारोहका साथै बिभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागेको छ भने सोमबार मोटरसाईल र्याली सहित गाईघाट परिक्रमा गरेको थियो ।
अनुदान आयोगबाट गुणस्तर सुधार, भौतिक सुबिधा बिस्तार, प्राध्यापक एबम कर्मचारीको प्राज्ञीक एबम व्याबसायिक दक्षता बृद्धि, उत्पादित जनशक्तिको रोजगारी ब्याबस्था बैधानिक एबम सुबयाबस्थित सञ्चालन जस्ता मापदण्ड पुरा गरि गुणस्तर सुनिश्चितता तथा प्रत्यान (QAA certificate) प्रमाण प्राप्त गर्दै उत्कृष्ट ३० भित्र परेको थियो ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: