बिराटनगर । प्रदेश सांसद बिमल कार्कीले हाल सुनसरीको चतराबाट सञ्चालन भइरहेको जल यातायातलाई अझ व्यवस्थित बनाउँदै उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुर जोड्ने घुर्मीसम्म विस्तार गर्नुपर्ने माग गरेका छन् ।

समाचार मन परे Like गर्न नभुलौ ।

आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले ती पहाडी जिल्लाबाट प्रदेशको राजधानीसम्म पुग्नु पर्ने सांसदहरूले नै दुई नम्बर प्रदेशको बाटो प्रयोग गर्नु परेको बताए ।

‘साविक सगरमाथाका पहाडी जिल्लाका सांसदहरू नै अर्को प्रदेशको बाटो प्रयोग गरिहेका छन्’ उनले भने– ‘जल यातायातको विस्तारका लागि प्रदेश सरकारले बजेटमै व्यवस्था गरेको छ, घुर्मीसम्मको जलयात्राको सम्भाव्यता चाँडो अध्ययन होस् ।’

सांसद कार्कीले हाल चतराबाट सञ्चालन गरिएका जल यातायातको भाडा दर नतोकिएको भन्दै प्रदेश सरकारले नै भाडा दर तोक्नुपर्ने बताए ।

अन्य यातायातका साधनभन्दा जल यातायात छिटो हुने भएकोले पहाडी जिल्लाका मुख्य सडकमा भन्दा जल यातायातको विकासमा लगानी बढाउन माग गरे । साथै जल यातायातलाई सुरक्षित बनाउन र जोखिम घटाउन पनि तत्कालै आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उदयपुरकै प्रदेश सांसद अम्बिका थापाले बेलका नगरपालिका–७ मैनामैनीमा पिउने पानीको समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । स्थानीयले पानीको चरम अभाव भोग्नु परेकाले कोशी नदीको पानीलाई माथि चढाएर भएपनि पानीको व्यवस्था गर्न माग गरिन् ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: