नानु थापा, नेपालटार । मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको टिपरले शनिबार बिहान मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार एक जनाको मृत्यु भएको छ । राजमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिफरले वा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ बर्षे बलबहादुर मगरको मृत्यु भएको स्थानीयले बताए । टिपरको ठक्करबाट मोटरसाईलमा सवार सुजन मगर गम्भिर घाईते भएका छन । मोटरसाईल चालक सुजन र बलबहादुर बाबु छोरा हुन । मोटरसाईललाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन । फरार टिपरचालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । टिपर र मोटरसाईल घटनास्थलमै रहेको छ । घाईते छोरा सुजनलाई एम्बुलेन्समा हालेर बिराटनगर लगिएको स्थानीय पत्रकार ढकबहादुर राउतले बताए । राजमार्ग निर्माणमा प्रयोगहुने सवारी साधनहरु सहचालकले चलाउने भएकाले दुर्घटना बढेकाे स्थानीयकाे आरोप छ । ट्राफिक नियमन नियमित नगर्दा टिपर आतक बढेको जनाईएको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: