उदयपुर । उदयपुरमा ईनारमा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ गुन्टेमा शुक्रवार विहान ११ बजे सार्वजनिक ईनारमा स्थानीय ६५ वर्षिय सन्त बहादुर दनुवारको मृत्यु छ ।
प्रत्यक्षदर्शी स्थानीयलाई उध्रित गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार दनुवार ईनार नजिक गएको अवस्थामा आफै ईनारमा खसेर मृत्यु भएको जानकारी दिएका छन् ।
मृतकको लाशलाई त्रियुगा नगरपालिकाको दमकलले पानी तानेर निकालेको एसपी राईले जानकारी दिए ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: