मिलन भट्टराई

समाचार मन परे Like गर्न नभुलौ ।

बेलका । जिल्ला स्तरीय कृषी तथा पशु मेला प्रदर्शनी २०७५ बेलका नगरपालिकामा सुरु भएको छ । बेलका नगरपालिकाको मुख्य आयोजनामा बेलका नगरपालिका वडा नम्बर २ बानडाडामा मेला सुरु भएको हो । तिनदिन सम्म चल्ने मेलामा भागलपुर दुग्ध सहकारी संस्था लिमिटेड बेनपा २, जिल्ला कृषी ज्ञान केन्द, पशु विज्ञ केन्द्र, कृषक समूह महासंघ, समाजसेवी समूह, सहास नेपाल, ओरेक, हुरण्डेक, सवल नेपालको सहआयोजनमा प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीमा उखु, केरा, काउली बन्दा, तरुल, गहुँ लगाएतका कृषी उपजहरु राखिएको छ । भने कृषी औजारहरु पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा भरत मेसिनरी ईटहरीद्धारा कृषी औजारहरु पावर टेलर, मकै रोप्ने, धान काटने, धान रोप्ने, कुटी काट्ने मेसिन, मिनी टिलर, मकैको थ्रेसर, गाडी धुने मेसिन, कुटानी पिसानी मिल लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: