उदयपुर । उदयपुरमा जनप्रतिनिधि विकास र पत्रकारिता कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रेस संगठन नेपाल उदयपुरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधि र पत्रकार विच रहेको खालडलाई पुरेर आगामी दिनमा अगाडि वढ्न सकिने अधिकांश जनप्रतिनिधिहरुले बताएका थिए ।
जनप्रतिनिधिहरुका अनुसार १५ वर्षसम्म हुन नसकेका विकास निर्माणको कामहरु अहिलेको सरकारले दुई वर्षमा सम्पन्न गरेको जिकिर गरेका थिए । उनीहरुका अनुसार स्थानीय निकायले गरेको विकास निर्माणका कामको पत्रकारहरुले खुलेर अनुगमन गरेर समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेका थिए । दुर्गम क्षेत्रका जनप्रतिनिधिहरुले गुनासो गर्दै उदयपुरका पहाडी भेगमा जिल्लाको संचार माध्यमको पहुँच नपुगेकोले सोलु र ओखलढुंगाको रेडियोसँग सूचना आदानप्रदान गराउन बाध्य रहेको बताएका थिए । उनीहरुले दुरदराजमा रहेका स्थानीय तहको समाचार प्राथमिकताको साथ स्थानीय संचार माध्यममा आउनु पर्ने, पत्रकारले समाज उन्नत बनाउन प्रभावकारी भूमिका खेल्नु पर्ने बताए ।
प्रतिनिधि सभा सदस्य सुरेश कुमार राई (हिमाल) ले कार्यक्रममा विकास र समृद्धिलाई अगाडि वढाउने सन्दर्भमा पत्रकारले खेल्नुपर्ने भुमिका र संचार माध्यमसम्म सूचनाको पहुँच पु¥याउन सहयोग गर्नु पर्ने बताए । उनले ‘जनप्रतिनिधि र विकास पत्रकारिता कार्यशाला गोष्ठी’ मा समाजलाई सही र गलत बाटो पहिल्याउन पत्रकार मियो बनेर आउनुपर्ने बताए । उनले डेढ वर्षको दौरानमा पार्टीको कार्यकर्ता तितर वितर अभिभावक हराएको जस्तो भएकोले चाँडै नै अभिभावक पाउने बताएका थिए । उनले चैत्रको पहिलो वा दोस्रो सप्ताहसम्म जिल्ला तहको संरचना आई सक्ने बताए ।
दुईतिहाई बहुमतको सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन गर्न प्रतिबद्ध भएर लागिरहेको र जनताले ययो सरकारबाट धेरै अपेक्षा गरेको भए पनि जनापेक्षित काम हुन नसक्दा आलोचना हुन स्वभाविक भएको बताए । सांसद राईले विकास र समृद्धि हात पार्न संघ, प्रदेश र स्थानीय तीनैतहका सरकार, राजनीतिक दल, नागरिक सण्माजसँगै पत्रकारले पनि साथ दिनुपर्ने बताए । ‘अहिले नेकपाको नेतृत्वमा दुईतिहाईको सरकार छ, तर त्यो पहिलोपटक गठन भएको हो’ उनले भने ‘दुईतिहाईले धेरै काम गर्नसक्छ भनेर जनता आसाबादी छन् । तर, विभिन्न बाधा अड्चलनले सोँचेजस्तो काम गर्न नसक्दा जनताले आलोचना गर्लान् भन्ने डराउनुपर्छ ।’

समाचार मन परे Like गर्न नभुलौ ।


जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहका प्रमुख÷उपप्रमुख तथा वडाध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश सांसदहरु नारायण बुर्जामगर, विमल कार्की, कला घले र सुनिता चौधरीले पत्रकार र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । त्यस्तै त्रियुगा नगरप्रमुख बलदेव चौधरी, कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, बेलका नगरप्रमुख दुर्गाकुमा थापा, जिल्ला समन्वय उपप्रमुख गंगा राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लिमचुङबुङ गाउँपालिका प्रमुख मेजरकुमार राई, रौतामाई प्रमुख गजेन्द्र खड्का, ताप्ली प्रमुख उद्धवसिंह थापा, उदयपुरगढी उपप्रमुख सानु राउत, रौतामाई उपप्रमुख कुमारी आलेठकुरी, ताप्ली उपप्रमुख कमलामाया राई, चौदण्डीगढी ६ का वडाध्यक्ष कमलध्वज राईले पनि प्रेस जगतले विकास निर्माणदेखि समाजोत्थान र समृद्धिसम्ममा अग्रणी भूमिका खेल्न सक्ने बताए । नेकपाका नेताहरु मोहन खत्री (दिपक) र इश्वरमणि राउतले पनि राजनीतिक, सामाजिक र विकास निर्माणको क्षेत्रमा पत्रकारहरुले सकारात्मक भूमिका खेल्न सुझाएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रले जनप्रतिनिधि र पत्रकार विचको दुरीलाई न्यूनीकरण गर्न यस कार्याशालाले टेवा पुग्ने अपेक्षा लिएको बताए ।
कार्यक्रमको अध्यक्षता तत्कालिन प्रेस सेन्टरका अध्यक्ष तुलसी कोइरालाले गरेका थिए भने संचालन तत्कालिन प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेतीले गरेका थिए भने तत्कालिन प्रेस चौतारीका उपाध्यक्ष इश्वर बलम्पाकी मगरले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: