कटारी । उदयपुरको कटारी बजारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न ट्रकले किच्दा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ। कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना४ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुव श्रेष्ठले जानकारी दिए। स्थानीय मेघबहादुर कार्कीले ट्रकको ठक्करबाट बालकाको मृत्यु भएपछि प्रहरीले ट्रकको बचाउ गरेको भन्दै कटारीवासी आन्दोलनमा उत्रेको जानकारी दिए। ‘प्रहरीले घटनास्थलमासमेत माटोले पुर्ने लगायतका काम गरेको छ,’ उनले भने, ‘तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको थियो, तर, प्रहरीले घटनालाई लुकाउन खोज्यो।’ बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्। ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कटारीको भनाइ छ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: