गाईघाट । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले आफु माथि लागेको आरोपको खण्डन गरेको छ । समितिको कार्यालयले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न संचारमाध्यममा आएका समाचारको खण्डन गरेको हो ।
घरेलु तथा साना उद्योग विकास समितिमा अनियमिता भएको भनि स्थानीय पत्रिका र अनलाईनले समाचार प्रकाशन गरेका थिए । घरेलुले वार्षिक कार्यक्रम अन्तर्गत प्राप्त ‘८० प्रतिशत छुट प्रबिधि हस्तान्तरण’ मार्फत बितरण भएको सामाग्रीहरु गुणस्तयुक्त नै रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘सन्चारमाध्यममा आएको जस्तो गुणस्तरहीन सामान नभएर प्रयोग गर्न नजानेर समान गुणस्तरहीन भनिएको हल्ला गरिएको हो ।’ पत्रकार सम्मेलनमा कार्यालय प्रमुख साहले भने ‘उद्यमीले पाएको सोलारको व्याट्रीमा डिष्ट्रिल वाटर हाल्नु पर्नेमा मिनिलर वाटर हालेकाले विग्रेका हो ।’ प्रमुख साहले घरेलु तथा साना उद्योग विकास समितिबाट जारी विज्ञप्तीमा सस्तो लोकप्रीयता कमाउन आफ्नो दायरा नाघेर भ्रामक समाचार छापेर कसैको हीत नहुने तर्फ सचेत गराईएको छ ।सप्लायर्सले समान खरिद गर्दा कुनै समानमा समस्या देखिन सक्ने भएकाले समानको वारेण्टी र ग्यारेन्टी भएकाले मर्मत तथा फिर्ता गरिएको समेत साहले बताए । समाचार आउनुमा कार्यालयको कर्मचारी व्यवस्थापनमा नितिगत समस्या भएकाले आएको घरेलु स्रोतले बताएको छ । पत्रकारले आफन्तलाई जागिर खुवाउन भनेको तर घरेलुले दरबन्दी र बजेट नभएकोले जागिर दिन नसक्ने बताएकाले घरेलु विरुद्ध निरन्तर समाचार प्रकाशन भएको स्रोतको दावी छ ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठः

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: