समाचार मन परे Like गर्न नभुलौ ।

बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिका-१ बाट स्थानीय १४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फाल्गुन १७ गते राती ७ बजेको समयमा स्थानीय २५ बर्षीय मिन कुमार श्रेष्ठले १४ बर्षीया बालिकालाई बालिकाकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने पिडितका आफन्तले २० गते प्रहरीलाई खबर गरेपछी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: