भरत घिमिरे
बेलका । उदयपुरका प्रदेश सांसद विमल कार्कीको पहलमा कोशीमा नदिमा पक्की पलु निर्माण हुने भएको छ । प्रदेश सरकारको बजेटबाट उदयपुर र भोजपुर जोडनको लागि सुनकोशी नदिमा पुल निर्माण हुने भएको हो । उदयपुर बेलका नगरपालिका ७ साबिक मैनामैनी ४ चुवार र भोजपुर हतुवागडी गाउँपालिका ९ मा पक्की पुल निर्माण हुने प्रक्रिया सुरु भएको छ । उदयपुरका प्रदेश सभा सदस्य बिमल कार्कीको विशेष पहलमा उक्त स्थानमा पुल निर्माणको लागि सर्वेक्षण सुरु गरिएको छ । पुल निर्माणको लागि ईन्जिनिरयरको टोली लिएर सांसद कार्की पुल निर्माण स्थल पुगे । सांसद कार्की सँग मुख्य मन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्काको समेत सहभागित रहेको थियो । पुल निर्माण गर्न यस आर्थिक बर्षमा प्रदेश सरकारबाट एक करोड रकम विनियोजन भएको सांसद कार्कीले जानकारी दिए । सर्वेक्षण सक्ने वित्तिकै पुल निर्माण सुरु गरिने र निर्माण सुरु भएको दुई बर्ष भित्र पुल सक्ने लक्ष्य रहेको सांसद कार्कीको भनाई छ । भोजपुरको हतुवागढी गाउँपालिका प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईको निर्वाचन क्षेत्र भएकाले मुख्य मन्त्रीले आफ्नो प्रतिनिधी स्वकीय सचिवलाई ईन्जिनियर सहित पठाएको जानकारी दिईएको थियो ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: