उदयपुर । त्रियुगा नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गाको तथ्याङ संकलन गर्न छुट्टै कार्यालय स्थापना गरेको छ । ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समितिको कार्यालय आईतवार त्रियुगा नगरपालिका वडा न १२ पुरानो गाईघाटमा स्थापना गरेको हो ।
त्रियुगा नगरपालिका क्षेत्र भित्रका ६० प्रतिशत घर धुरी ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई ब्यवस्थित गर्न र नगरपालिकाको योजना तर्जुमा गर्दा आवश्यक पर्ने तथ्याङ बनाउनका लागि भएपनि अभिलेखिकरण गर्नु पर्ने भएकाले तथ्याङक संकलनको काम थालिएको हो नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्नेलाई अभिलेखिकरण गरि नगर पालिकाले बिटौरी कर लिएर भूमि सम्बन्धि नयाँ कानुन बने सम्मका लागि ब्यवस्थित गर्न खोजिएको नगर प्रमुख चौधरीको भनाई रहेको छ । अभियानले नगर क्षेत्र भित्रका सार्वजनिक तथा ऐलानी जग्गा के कति कस्तो अवस्थामा रहेछ भन्ने तथ्याङ आउने भएकाले कार्यालय स्थापना गरि तथ्याङ संकलनको काम थालिएको नगर प्रमुख चौधरीले बताए ।
निर्वाचनको समयमा सबै राजनितिक दलले पहिचान गरि घोषणा पत्रमा समेत उल्लेख गरिएको समस्या राज्यको पनि समस्या र हामी सबैको साझा समस्याको रुपमा रहेको सार्वजनिक तथा ऐलानी पत्ति जग्गामा बसोबास गर्नेहरुलाई ब्यवस्थि तगर्न पहिलो चरणमा तथ्याङ संकलनको अभियान थालेको हो, नगर प्रमुख चौधरीले टिप्पणी गरे ।
नगरपालिकाले भूमि सम्बन्धि नयाँ कानुन नआउँदा सम्म सर्वे नापी छुट भई जग्गा धनी प्रमाण पुजा नभएको सामुदायिक वन उपभोक्ता समुहको रेखाकन गरेको वन क्षेत्रको सिमा भन्दा बाहिरको परापूर्वकाल देखि बसोबास भएको ऐलानी तथा सार्वजनिक जग्गाको विबरण संकलन थालिएको हो ।
यस्तो तथ्याङ सकलनको काम वडाले गर्ने भएकाले वडा स्तरीय समिति बन्न लागेको जानकारी दिए । तथ्याङ संकलनमा वडा सदस्य अमिन, तथ्याङ तथा राजश्व संकलन कार्यालय सहयोगी सहितको टोलीले घरघरमा पुगेर तथ्याङ संकलन गरिने नगर उप प्रमुख देवीकुमारी चौधरीले बताईन । चार किल्ला तयार पारि तथ्याङ सकलन गरिने भएकाले यसले नगरपालिकालाई ठुलो फाईदा हुने नगर उप प्रमुख चौधरीको भनाई रहेको छ । यस्तो तथ्याङमा वन क्षेत्र, सामुदायिक वनको क्षेत्र, सरकारी जग्गा, सरकारी भवन, अस्पतालत, गुठी, शिक्षण संस्था, मन्दिर, गुम्बा, चर्च, मस्जिद, खानेपानी, पोखरी, हवाई मैदान, बिद्युत उत्पादन गृह, मसानघाट, बसपार्क, रंगशाला, उद्यान पार्क लगायतको बिवरण आउने छ ।
त्रियुगा नगरपालिकामा २० हजार घरघुरी मध्ये ६० प्रतिशत ऐलानीमा बसोबास गर्छन । जसमा १ लाख ५ हजार जनसँख्या रहेको नगरपालिकाको तथ्याङले देखाएको छ ।
त्रियुगा नगर कार्यपालिकाको माघ ८ गतेको बैठकले ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समिति कार्यबिधि पास गरि नगर प्रमुख बलदेव चौधरीको संयोजकत्वमा २० सदस्यीय नगर स्तरीय समिति गठन गरिएको कार्यालय स्थापना गरेको हो ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: